Monday, August 29, 2011

आज घरघरमा दर खाइँदै

१३ भदौ, काठमाडौँ । हरिलातिका तीजको अघिल्लो दिन आज हिन्दु महिलाहरुले घरघरमा दर खाँदैछन् । टाढाटाढा रहेका चेलबेटीहरु आज माइतीघरमा भेला भएर दुधमा पकाइएको खीर, ढकनी र मिठाई लगायतका परिकारलाई दरका रुपमा खाने गर्दछन् ।
तीजमा माछा मासु दरका रुपमा खान नहुने मान्यता रहिआए पनि पछिल्लो समय भने माछा-मासु पनि दरका रुपमा खाने प्रचलन बढेको छ । हरितालिकाको एक दिनअघि मात्र दर खाने गरिए पनि राजधानीलगायत मुख्य सहरहरुमा केही वर्षयता एक महिनाअघि देखिनै दरखाने प्रचलन सुरु भएको छ । त्यसले तीजमा बिकृती भित्रिएको र मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।
आज दर खाएपछि भोलि विवाहित हिन्दु महिलाहरु पतिको दीर्घायुका कामना गरेर र अविवाहितहरुले योग्य वर पाउँ भनी निराहार व्रत बस्ने गर्दछन् । नजिकको तलाउ, पोखरी र नदीमा स्नान गरेपति तीजको विधिवत् समापन हुने गर्छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्