Monday, September 5, 2011

आठ वर्षमा ६ हजार महिलाले गर्भपतन गरे

२० भदौ, नुवाकोट । नुवाकोटमा पछिल्लो आठ वर्षयता ६ हजार महिलाले सुरक्षित गर्भपतन गराएका छन् । जिल्लामा सन् २००३ को सेप्टेम्वरमा मेरी स्टोप्स सेन्टरको शाखा खुलेपछि जिल्लाबासीले सुरक्षित गर्भपतन सेवा पाउँदै आएका छन् ।
सेन्टरका प्रवन्धक हरि श्रेष्ठले सेन्टर स्थापनाको पहिलो वर्ष ६३ महिलाले गर्भपतन गराएकामा पछिल्ला वर्षहरुमा सो संख्यामा उल्लेख्य वृद्धि भएको जानकारी दिए । जिल्लामा मासिक झण्डै २ सयको हाराहारीमा महिलाहरुले गर्भपतन गराइरहेको गरेको उनले बताए । उनका अनुसार नुवाकोटमा अझै पनि मासिक ५० जनाको संख्यामा महिलाहरु मेडिकल र घरमै असुरक्षित गर्भपतन गराइरहेका छन् ।
मेरी स्टोप्सले गर्भपत गराउन आउनेमध्ये ७५ प्रतिशत विवाहित र २५ प्रतिशत अविवाहित महिलाहरु रहेको गरेको जनाएको छ । जिल्लामा आजभोलि औषधि सेवन गरेर आफैँ गर्भपत गराउने गरेको घटनासमेत बढेको पाइएको छ । जसका कारण कतिपय महिलाको ज्यानै जानै गरेको सेन्टरले जनाएको छ । भारतबाट अबैध रुपमा भित्रिरहेको मिफिपिस्टोन र माइजोप्रोस्टोल नामका दुई औषधि गर्भपताको लागि प्रयोग गरिएको पाइएको छ । छ हप्तासम्मको गर्भपतन गराउन प्रयोग गरिने उक्त औषधि महिलाहरुले जथाभावी प्रयोग गरिरहेको पाइएको प्रबन्ध श्रेष्ठ बताउँछन् ।

1 comment:

आफ्नो प्रतिक्रिया दिनुहोस्