Tuesday, September 6, 2011

माओबाधिमा बैध लाइ कारबाही गर्नको लागि ज्ञापन पत्र बुझाइयो

२० भदौ, काठमाडौँ । एकीकृत नेकपा माओवादीको केन्द्रमा देखिएको विवादको असर राज्य र जिल्ला समिति स्तरसम्म पुगेको छ ।
माओवादी भोजपूरा राज्य समितिका ९० प्रतिशत नेता कार्यकर्ता र सभासदहरुको टोलीले पार्टी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई भेटी उपाध्यक्ष वैद्य पक्षीय मधेसका नेताहरुलाई कारबाहीको माग गरेका छन् । भोजपूरा राज्य समिति सचिव एवम् भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साह नेतृत्वमा रहेका नेता कार्यकर्ताको एक टोलीले मंगलबार भट्टराईलाई भेटी रौतहट जिल्ला इन्चार्ज अशोक जैसवालसहितकालाई कारबाही गर्न ज्ञापनत्रप बुझाएका हुन् । जैसवालले विगत चार वर्षदेखि पार्टीमा हिसाबकिताब नबुझाएको आरोप सो पक्षको छ ।
ज्ञापनपत्रमा क्षमताहीन वैद्य पक्षका जिल्ला नेताहरुका कारण तराईमा पार्टी संगठन कमजोर भएको आरोप लागाइएको छ । यस्तै अध्यक्ष प्रचण्ड र उपाध्यक्ष भट्टराई समथउक नेता कार्यकर्तालाई वैद्य पक्षले भूमिकाविहीन बनाएको र द्वन्द्व पीडितहरुलाई राहत उपलब्ध गराउन पहल नगरेको लगायतका अभियोग ज्ञापन पत्रमा छन् । 
ज्ञापन बुझेपछि प्रधानमन्त्री भट्टराईले पार्टीभित्रको गलत तत्व आफैं समाप्त भएर जाने बताउनुभएको टोलीमा सहभागी सभासद् देवेन्द्र पट्टेलले जानकारी दिनुभयो । पट्टेलका अनुसार भट्टराईले त्रापनपत्रमा समेटिएका विषय गम्भीर भएको बताउँदै त्यसबारे आफूले पार्टीमा छलफल चलाउने बचन दिनुभएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्