Sunday, September 18, 2011

देश भर भाकम्पको धक्का मानबिय तथा भौतिक क्षति

काठमाडौ, आश्विन १ - शक्तिशाली भुकम्पको धक्काबाट राजधानीलगायतका क्षेत्रमा गरी साँझ साँढे आठ बजेसम्मको विवरण अनुसार पाँच जनाको मृत्यु भएको छ । त्यसैगरी उपत्यकामा मात्र २४ जना घाइते भएको विवरण आएको छ ।
सरकारका प्रबक्ता उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठका अनुसार लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किंदा घाईते भएका चार मध्ये तीन जना र धरानमा २ जना गरी पाँच जनाको मृत्यु भएको हो ।
लैनचौरको घट्नामा मृत्यु हुनेमा ३६ बर्षीय साजन श्रेष्ठ र ८ बर्षीया अनिता श्रेष्ठ रहेका छन् । कारमा सवार उनीहरुको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो । उनीहरु बाबु छोरी रहेको बताइएको छ ।
अर्का मृतक र घाइतेको भने नाम ठेगाना खुलेको छैन । पर्खला भत्कँदा पुरिएर एउटा कार र एउटा मोटरसाइकलमा सवारहरु घाइते भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकान जवानहरुले उद्दार गरेको थियो ।
देश
धरानबाट संवाददात प्रदीप मेन्याङ्बोले जनाए अनुसार भूकम्पले घरको छत भत्किएर धरान–१३ फुस्रेस्थित नेपाली सेनाको क्याम्प गेट अगाडि बस्ने एक बालक सहित दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा ५ बर्षीय विमल परियार र २२ बर्षीय सन्तोष परियार रहेका छन् । दुवै मृतक धरानस्थित सैनिक महाविद्यालयका सुचिकार कमल परियारका छोरा र भाई भएको कालिबक्स गणका क्याप्टेन योगेन्द्र रोक्काले बताए ।

धरान–१ पुरानो बजार बस्ने प्रेम प्रधा भन्ने भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ । उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । धरानमा केही घर भत्किएका प्रहरीले जनाएको छ ।
भूक्पम्प पछि लगतै लोडसेडिङ भएको थियो । अँध्यारोका कारण मानिसमा झन त्रास थपिएको थियो । साँझको ६ बजेर २५ मिनेटमा भूकम्प आउदा उनीहरु भूइतलामा बसेका थिए । घर भत्किएर मानिस घाइते भएको सुचना पाएपछि नजिकै रहेका सेनाका जवानहरु उद्दारमा खटेका थिए । धरानमा १० सेकेण्डको फरकमा दुई पटक भूकम्पको धक्का महसुस भएको थियो । पहिलो धक्का सामान्य जस्तो लागे पनि दोश्रो धक्का केही बढी र आतंकित बनाउने गरी आए पछि मानिसहरु आत्तिएर सवै सडकमा निस्केका थिए । कतिपय डरले आफ्नो घरमा पस्न समेत सकिरहेका छैनन् ।
भूकम्पको धक्का आएपछि धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामी र नर्स चिकित्सक समेत आतंकित बनेका थिए । आफ्नो ज्यान जोगाउन कतिपय नर्स र चिकित्सकहरु समेत भागाभाग भएको थियो । सर्जरी युनिट एकका विरामीलाई उनीहरुको कुरुवाले वेड संगै बाहिर निकालेका थिए ।
त्यसैगरी महानगरिया प्रहरीका प्रबक्ता एसएसपी माधव नेपालका अनुसार राजधानीमा २४ जना घाइते भएको विवरण प्राप्त भएको छ । घाइतेहरुको प्राय खुट्टा भाँचिएका छन् । छतबाट हामफालेर वा भागदौडका क्रममा उनीहरु घाइते भएका हुन् ।

डिल्लीबजारको भद्रगोल जेल चर्केर पानी चुहिन थालेको छ । केन्द्रीय कारागारमा कैदीहरु भागभाग हुँदा दुई जना घाइते भएका छन् ।
सरकारका प्रबक्ता श्रेष्ठले भुकम्पबाट भएको क्षतीको विवरण तत्काल संकलन गर्न र उद्दारमा सहभागी हुन सबै सरकारी निकाय तथा सामाजिक संघ संस्थालाई आह्वान गर्नुका साथै पीडितहरलाई तत्काल राहत उपलब्ध गराउन मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।



No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्