Sunday, July 7, 2013

बढ्यो सामूहिक बलात्कार

                                                                    बढ्यो सामूहिक बलात्कार
 दाङ, असार २४ - तुलसीपुर प्रहरीलाई शनिबार मध्यरातमा एक किशोरीको फोन आयो, 'बसपार्कमा चार जनाले मलाई बलात्कार गरे, सर  मलाइ बचाउन आउनुपर्‍यो ।' अघिल्लो दिनमात्रै १५ वर्षीया किशोरीमाथि त्यहि बलात्कार सामूहिक बलात्कारको अनुसन्धानमा व्यस्त प्रहरी उस्तै घटनाको जानकारी पाएपछि तत्काल बसपार्क पुग्यो । चार युवालाई किशोरीसहित फेला पारेपछि पक्राउ गर्‍यो । शुक्रबार अपराह्न मात्रै १५ बर्सिय  एक किशोरीमाथि फूलबारी ६ ढकनाको जंगलमा सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको थियो । ३२ घन्टापछि शनिबार राति १७ बर्षिया  अर्की किशोरी तुलसीपुर ५ नयाँ बसपार्कमा बलात्कृत भइन्   
 घटनास्थलमा फेला परेका खलंगा ५ प्युठानका वीरबहादुर खत्री, थारमारे ६ सल्यानका युवराज डाँगी, फालाबाङ ५ सल्यानका अर्जुन योगी र रागेचौर ६ सल्यानका चन्द्र डाँगीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
  चार वर्षमा १५ घटना दाङ गढवाकी २५ बर्षीया युवतीको २०६६ चैतमा बिजौरीमा सात जनाद्वारा सामूहिक बलात्कार भई २०६७ जेठ ३० मा उपचारका क्रममा मृत्यु । रुकुमकी १८ बर्षीया एक युवतीलाई तुलसीपुरको बसपार्कस्थित न्यु राप्ती गेस्ट हाउसमा बास बसेको समयमा १० जना युवाद्वारा २०६७ असार १५ मा अपहरणपछि सामूहिक बलात्कार । २००६७ साउन १७ मा घोराही नगरपालिका ४ चौघेरामा ११ बर्षीया बालिकालाई बलात्कार । तिजमा माइती जाने क्रममा सौडियारकी एक महिलामाथि २०६७ भदौ ५ मा बिजौरीमा सामूहिक बलात्कार । तुलसीपुरका एक बुबाले १५ बर्षीया छोरीमाथि नियमित यौन शोषण गर्दै आएको रहस्य २०६७ मंसिर १० गते खुलेको । २००६७ पुस १२ गते पुरन्धारामा ४६ बर्षीया महिलालाई दुई प्रहरीद्वारा सामूहिक बलात्कार । २००६७ माघ र फागुनमा हापुरमा दुई महिलामाथि सामूहिक बलात्कार । २००६७ फागुनमा तुलसीपुर बसपार्कमा एक युवतीमाथि सामूहिक बलात्कार । २००६७ चैत ११ गते अपराह्न ४ बजे घोराही ६ मा एक युवतीमाथि सामूहिक बलात्कार । २००६७ चैत २९ गते तुलसीपुरमा एक युवतीमाथि सामूहिक बलात्कार । घोराही काठेकोलमा कम्लरी बलात्कृत । २००६८ असार ९ गते टरिगाउँकी १० बर्षीया बालिका घरैमा बलात्कृत । २००६८ असार १८ गते तुलसीपुरमा एक बालिकालाई गाडीका चालक र सहचालकद्वारा बलात्कार । २००७० असार २१ गते फूलबारी ६ ढकनाको जंगलमा १५ बर्षीया किशोरीमाथि चार जनाद्वारा सामूहिक बलात्कार । २००७० असार २२ गते राति तुलसीपुर बसपार्कस्थित एक ग्यारेजमा १७ बर्षीया किशोरीमाथि चार जनाद्वारा सामूहिक बलात्कार । 
साभार :  कान्तिपुर  

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्