Thursday, June 20, 2013

अस्तित्वको लडाई

जव म केहि नबुझ्ने थिए आमाले भन्नु हुन्थ्यो आज शनिवार स्कुल पढ्न नजाउ । किन कि शुक्रवार घर मा धेरै काम गर्नु पथ्र्यो । तेहि दिन म संगै पढ्ने मेरो भाई भने स्कुल जान्थ्यो ताकि उसलाई आमाले राक्नु हुँदैन किन कि छोराले पढ्नु पर्छ प्रथम श्रेणीमा एस.एल.सी पास गर्नु पर्छ भन्ने वावा आमा चाहानु हुन्थ्यो । छोरिले त पास मात्र गरे हुन्छ । किन कि उ भोलि विहे गरेर अर्काको घरमा जान्छे भनेर होला पढ्नलाई तेति महत्व दिनु भएन । ढिपि जितेर पढ्न जान्छु भन्यो भने गाँउ भरिका सबै मान्छे आउथे र भन्थे हाम्रो छोरीले त पढ्की छैन तहिले मात्र किन पढ्न प¥यो र ? आज म तेहि कुरा सम्झन्छु जति वेला घर, गाँउ सबैका कुरालाई नकार्दै म स्कुल जान्थे र पढ्थे । महिले बल्ल आज कुरा बुझेको छु हाम्रो समाज जहा पित्रिसत्तात्मक सोचले भरिएको छ । त्यहाँ अलि अलि पाईला चाल्ने हिम्मत गरेको रहेछु भनेर । आज बल्ल मलाई थाहा भएको छ , हाम्रो समाज हामिले कल्पना गरे जस्तो रहेनछ । एउटी नारी प्रत्येक पाइलामा ठक्कर खाएर अगाडी बढेकी हुन्छे । उसको सबैले रमिता मात्र हेर्छन् किन की उ नारी हो ।
मलाई यति बेला त्यो दिन को सम्झना छ जतिवेला हामी नारी दिवस मनाउनलाई सबै महिलाहरु लिएर खुला मञ्चमा पुगेका थियौं । त्यहाँ महिला अधिकारका ठुला –ठुला कुरा सुनियो महिला नेतृहरुले भने ”समान अधिकार, समान कामको समान ज्यला, घरेलु हिंसाको अन्त्य गर, समान अस्तित्व कायम हुनु पर्छ ।” उनिहरु यो कुरा भनिरहेका थिए नारी अस्मिताको रक्षा गरीनु पर्छ । हामी सबै भएर मख्ख परी परी भाषण सुन्दै हातमा प्ले कार्ड बोकेका थियौं र त्यसमा लेखिएको थियो समानताको सुरुवात घरवाटै गरौं । अर्कोमा भनिएको थियो सह अस्तित्व कायम गरौं अनि अर्को मा भनिएको थियो महिला अस्तित्वको संरक्षण गरौं । जव कार्यक्रम् सकियो सबै आ–आफ्नो बास्सथान तिर लागे म र मेरा केही साथी पनि घर तिर हिड्दै थिर्यौ तेति नै बेला रत्नपार्कको पुलवाट बाटो काट्दै थियौं एक्कासी आवज सुनियो हजार १२ सय भनेर मोल मोलाई गरेको । एउटा अर्ध बैसे पुरुषको आवाज हो त्यो । हामी टक्क अडियौं  के रहेछ भनेर थाहा पाउनको लागी ती महिलाले के भनिन खै थाहा भएन । त्यहाँ अर्को पूरुष आयो र भन्यो पन्द्रसय त्यतिमा ती महिला राजि भईछन केरे दुवै जना कुरा गर्दै बाटो लागे । पर पुगीन्जेल मेरा आँखाले हेर्न छोडेन र सोचे ”दिन भरि करायो दक्षिर्णा” हरायो । हामी दीन भरी समानताका कुरा गरेर कुर्लेका एक घण्टा पनि नबिदै एक छाक टार्नको लागि एउटी महिला आफ्नो अस्तित्वको ब्यपार गर्न वाध्य भएको देखियो । के उनले रहरले त पक्कै पनि आफुलाई अरु कशैलाई सुम्पिएर हिडेकी त पक्कै होइन । कसले बुझ्छ उनको त्यो कारुणीक कथा । हामी विचार गर्न सक्छौ सायद ती महिला एक पेट खान मात्र तेस्तो गरेकी होइनन् होला । उनलाई श्रीमानको इज्जत राख्न वा छोरा छोरी पाल्न पनि त्यसो गर्नु परेको हुन सक्छ । महिले सोचे धन्न महिलाहरु अरुको खुसीको लागि, अरुलाई आनन्द दिन आफ्नो अस्तित्वको ब्यपार गर्छन । तेतिवेला महिले सोचे सायद महिलाहरुको काम लाग्ने वा चाहिने अरु कुनै वास्तु भईदिएको भए उसको अस्मिताको ब्यपार यति धेरै हुने थिएन होला । किन की उ संग सिप छ क्षमता छ तर पनि उसको रुप र  रङ हेरिन्छ र अस्मितामा कतिको खुकुलो छ त्यो हेरिन्छ यदि सबैमा पास भईन भने उनि पुरुषको साधनको लागि पास भईन रे । कहिले सम्म हामी कराउने मात्र ब्यवहारमै कहिले भोग्न पाउने वा कहिले सम्म अस्मिताको ब्यपार मात्र गर्ने के हामी संग सिप क्षमता दक्ष्यता छैन र  ? हामी कहिले सम्म र्निधक्क भएर हिड्ने सम्मानित भएर कहिले बाच्न पाउने मलाई यी कुराले प्रत्येक क्षण आफै भित्र प्रश्न गरि रहन्छु  र सोध्ने गर्छु हिजो सानो छदा पनि महिलाहरु उतिकै अपमानित भएका हुन्छन आज ठुलो भईयो तर पनि म जहाको तेही । मलाई हेर्ने मेरो समाजको दृष्टिकोण उस्तै छ । म अहिले पनि दोस्रो दर्जामै गनिन्छु किन की म महिला हो ।
मलाई सानो छदा र अहिले भोग्ने हरेक घटना सम्झदा बङगाली लेखिका तसलीमा नसरीमाको एउटा कोटेसनको याद आयो उनले भनेकी छन् ”जसरी कुनै कपडा हैङगरमा झुन्डाईएको हुन्छ प्रायोगमा आउनु उसको प्रमुख काम हो ”। उनको यो भनाईले मेरो मन छोयो र विगत र वर्तमानलाई सम्झिन थाले हो त ! मेरी आमालाई पनि हिजो मेरो बुवाले विहे गर्नु भयो आफ्नो इच्छा अनुसार छोरी पाउनु भयो  त्यहाँ मेरी आमाको सानो पनि इच्छाको सुनुवाई भएन केवल बाबाको इच्छा मात्र पुरा गर्दा मेरी आमाको जिन्दगी वित्यो केवल हैङगरको लुगा जस्तै बाबालाई चाहिदा काममा आउनु भयो नत्र बिहे रुपी एउटा लहरामा झुन्डिनु वाहेक अरु केही पाउने आषा उहामा अहिले पनि  छैन ।         
                                                                                                                               कल्पना थापा     


                                                                                                                  


 


No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्