Thursday, June 20, 2013

दुताबास कै अगाडी नेपालि माथि धर्पकट

७ असार, सउल, दक्षिण कोरियामा राहदानी नविकरणका लागि नेपाली राजदूतावास पुगेर फर्किंदै गर्दा दूतावासको ढोकामै नेपालीमाथि धरपकड भएको छ । गत सोमबार राहदानी नविकरणका लागि कागजात बुझाएर फर्किदै गर्दा कोरियाली अध्यागमन अधिकारीले तीन जना नेपालीलाई ढोकै अगाडी पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा रामकाजि गुरुङ्ग , शान्ति गुरुङ्ग र बिक्रम गुरुङ्ग रहेका छन् ।
अवैधानिक रूपमा कोरिया बस्दै आएका बिक्रम गुरुङ्ग दुर्घटनामा परी हातको उपचार गराई रहेका थिए । उपचारकै लागि बिक्रमको राहदानि नबिकरण गर्नु पर्नेभएको हुँदा सहयोगीको रूपमा राम काजि र शान्ति दूतावास पुगेका थिए । दूतावास भवनको ढोका अगाडिबाट बाहिर निस्कनासाथ गाडीमा तैनाथ रहेका अध्यागमनका कर्मचारीले उनीहरूलाई पक्राउ गरेका थिए । पक्राउपछि हतकडिसहित छेउमा रहेको अध्यागमन कार्यलयमा लगिएको थियो । अनुसन्धानपछि शान्ति गुरुङ्गलाई छाडिएको छ भने रामकाजी र बिक्रम भने हिरासतमै छन् ।
अबैधानिकलाई राहदानीको बिबाद
कोरियामा अबैधानिकरुपमा बस्दै आएका नेपालीको राहदानी नेपाली राजदूतावासले नविकरण गर्ने कि नगर्ने भन्ने बिषय पछिल्लो समयमा बिबादमा पर्दै आएको छ । दूतावास खुल्नासाथ नियोग प्रमुख रहेका यादव खनालले अबैधानिक बसेका नेपालीलाई पनि राहदानी नविकरण गरिदिने नियम बसाएका थिए । तर, वर्तमान उपनियोग प्रमुख राजाराम गर्तौला आएपछि सो प्रकृया रोकिएको थियो । त्यसपछि यहाँ रहेका नेपालीहरुले दूतावासको आलोचना गर्दै राहदानी नविकरण गरिदिन आग्रह गरेका थिए । भिषा अबधि सकिएका नेपालीहरुको पनि राहदानी नविकरण हुनुपर्ने तर्क नेपालीहरुको थियो । उनीहरुले त्यस्ता नेपाली कोरिया सरकारका नजरमा अबैधानिक भए नेपाल सरकारका नजरमा अबैधानिक नहुने तर्क गरेका थिए । त्यसरी बिरोध जनाउनेमा रामकाजी गुरुङ पनि एक थिए ।
एक साताअघि दूतावासद्वारा कोरियाको किमे क्षेत्रमा दिएको घुम्तिसेवामा राजदूत कमानसिंह लामा र अन्य कर्मचारीको निर्णयमा अवैधानिक नेपालीहरूलाई राहदानी वितरण गर्न थालिएको थियो । त्यसबेला वर्तौला भने बिदामा नेपाल गएका थिए । हाल उनी कोरिया फर्किसकेका छन् । आफ्नो परामर्शबिना राहदानी बितरण थालिएको भन्दै बर्तौला रुष्ट रहेको बताइएको छ ।

दूतावासकै ढोकामा कोरियामा नेपालीमाथि धरपकड

3

मीनप्रकाश उप्रेती
७ असार, सउल । दक्षिण कोरियामा राहदानी नविकरणका लागि नेपाली राजदूतावास पुगेर फर्किंदै गर्दा दूतावासको ढोकामै नेपालीमाथि धरपकड भएको छ । गत सोमबार राहदानी नविकरणका लागि कागजात बुझाएर फर्किदै गर्दा कोरियाली अध्यागमन अधिकारीले तीन जना नेपालीलाई ढोकै अगाडी पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा रामकाजि गुरुङ्ग , शान्ति गुरुङ्ग र बिक्रम गुरुङ्ग रहेका छन् ।
अवैधानिक रूपमा कोरिया बस्दै आएका बिक्रम गुरुङ्ग दुर्घटनामा परी हातको उपचार गराई रहेका थिए । उपचारकै लागि बिक्रमको राहदानि नबिकरण गर्नु पर्नेभएको हुँदा सहयोगीको रूपमा राम काजि र शान्ति दूतावास पुगेका थिए । दूतावास भवनको ढोका अगाडिबाट बाहिर निस्कनासाथ गाडीमा तैनाथ रहेका अध्यागमनका कर्मचारीले उनीहरूलाई पक्राउ गरेका थिए । पक्राउपछि हतकडिसहित छेउमा रहेको अध्यागमन कार्यलयमा लगिएको थियो । अनुसन्धानपछि शान्ति गुरुङ्गलाई छाडिएको छ भने रामकाजी र बिक्रम भने हिरासतमै छन् ।
अबैधानिकलाई राहदानीको बिबाद
कोरियामा अबैधानिकरुपमा बस्दै आएका नेपालीको राहदानी नेपाली राजदूतावासले नविकरण गर्ने कि नगर्ने भन्ने बिषय पछिल्लो समयमा बिबादमा पर्दै आएको छ । दूतावास खुल्नासाथ नियोग प्रमुख रहेका यादव खनालले अबैधानिक बसेका नेपालीलाई पनि राहदानी नविकरण गरिदिने नियम बसाएका थिए । तर, वर्तमान उपनियोग प्रमुख राजाराम गर्तौला आएपछि सो प्रकृया रोकिएको थियो । त्यसपछि यहाँ रहेका नेपालीहरुले दूतावासको आलोचना गर्दै राहदानी नविकरण गरिदिन आग्रह गरेका थिए । भिषा अबधि सकिएका नेपालीहरुको पनि राहदानी नविकरण हुनुपर्ने तर्क नेपालीहरुको थियो । उनीहरुले त्यस्ता नेपाली कोरिया सरकारका नजरमा अबैधानिक भए नेपाल सरकारका नजरमा अबैधानिक नहुने तर्क गरेका थिए । त्यसरी बिरोध जनाउनेमा रामकाजी गुरुङ पनि एक थिए ।
एक साताअघि दूतावासद्वारा कोरियाको किमे क्षेत्रमा दिएको घुम्तिसेवामा राजदूत कमानसिंह लामा र अन्य कर्मचारीको निर्णयमा अवैधानिक नेपालीहरूलाई राहदानी वितरण गर्न थालिएको थियो । त्यसबेला वर्तौला भने बिदामा नेपाल गएका थिए । हाल उनी कोरिया फर्किसकेका छन् । आफ्नो परामर्शबिना राहदानी बितरण थालिएको भन्दै बर्तौला रुष्ट रहेको बताइएको छ ।
अवैधानिक नेपालीहरूलाई पुनः राहदानी वितरण गर्न थालिएपछि पहिलोपल्ट दूतावासमा सेवा लिन पुग्ने गुरुङसहितको टोली नै थियो । उनीहरु नै पक्राउ पर्नुलाई कोरियामा रहेका नेपालीहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।
- See more at: http://www.onlinekhabar.com/2013/06/84427/#sthash.xdi0AmyI.dpuf

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्