Thursday, July 25, 2013

पूँजीवाद र समाजवादमा महिलाहरु

पृष्ठभुमि
मानव  जाती लैङ्गिक रुपले दुई लिङ्गमा विभाजित छ । त्यो हो एउटा स्त्री र अर्को पुरुष । हाम्रो समाजमा पुरुष स्वाधिन छ र शासकको रुपमा स्थापित छ । यहि समाजमा महिलाहरु हाम्रो समाजको अघोषित रुपमा रहेको परम्परा, रितिरिवाजको कारणले पराधिन र शासित भएर बाच्न विवस छन् । तर यो सबैको मुल तत्व भनेको नै लैङ्गिक विभेद हो । तर यो नै स्त्री र पुरुष विचमा भएको वर्तमान अवस्थाको कारक तत्व हो त ? यो अवश्य पनि होइन बरु त्यस विभाजनको माध्यमबाट विकसित अन्य कारक तत्वहरु छन् । जसको कारणले स्त्री र पुरुषको विचमा प्रभुत्व र दासत्वको सम्वन्ध स्थापित हुन पुगेको छ । अब हामीले बुझ्नु परेको छ कि ती कारक तत्व कसरी उत्पन्न भए र त्यसलाई उन्मुलन गर्न सकिन्छ । यी सबै प्रश्नहरु माथि प्रकाश पार्नको लागि हामी सबैले चिन्तन मनन् र विश्लेषण गर्न आवश्यक छ ।


आर्थिक रुपमा महिला
नेपाली समाजमा महिलाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक रुपमा पछाडि पारिएको छ । जस्तै आर्थिक रुपमा महिलाहरु सम्पन्न छैनन् किन कि उनिहरुको नाममा जमीन हुँदैन । हुन त हाम्रो देशको कानुनले पैत्रिक सम्पतिमा छोरा सरह छोरीको पनि पैत्रिक सम्पतिमा समान अधिकार  छ भनेर अन्तरिम सम्विधानमा प्रष्ट उल्लेख छ । तर हाम्रो रितिरिवाज चालचलनले त्यसो हुन दिएको छैन । नेपाली समाजले र सामाजिक आर्थिक नीतिले महिलालाई एउटा लहराको रुपमा लिएको छ । जस्तो कि ” कमजोरि विरुवालाई बासका झिक्रा नभई हुदैन ” हाम्रो समाज पनि महिलालाई यस्तै लहरा या कमजोर विरुवा सम्झने गर्दछ । उनिहरुको नजरमा अरुको आश्रय या सहारा विना बाच्न सक्तैनन् । यो सबै लैङ्गिक भिन्नताको कारणले भएको हो ।
 महिलाहरुको सवलमा डां तसलिमा नसरीनले लेखेकी छन् ”जव म घरबाट बाहिर निस्कन्छु त्यतिखेर म जति टाढा किन नजाउ र भला कति टाढा पो जान सक्छु र ? सामाजिक पर्खाल मेरो वरिपरी भएर देखा पर्छ यो पर्खाल जेलको पर्खाल भन्दा निक्कै अग्लो छ ” उनको भनाई अनुसार जे

सामाजिक रुपमा विभे
समाजको धर्म, सस्कृति रितिरिवाज, परम्परा, चालचलन मुल्य मान्यता र कानुन आदिबाट प्रभावित भई बनाइएका नीतिनियमले समाजमा महिलाहरुलाई पछाडि पारेको छ । यस्ता विभेद प्राकृतिक वा जैविक विशेषता नभई सामाजिक वा मानव निर्मित हुन । यसलाई समाजले चाहेमा वा समाज अग्रगतिमा लम्किएर चेतनशिल भएमा परिर्वतन गर्न सकिन्छ । हामी सबैमा इच्छा शक्तिको खाँचो पर्दछ । यस्ता चालचलनले महिलाहरुलाई अरुमा आश्रित बनाइएको छ । जस्तो कि घर धन्दा , बच्चा परिवार स्याहार साधनहिन जस्ता भुमिका यो समाजले महिलालाई दिएको छ । यसको तुलनामा पुरुषलाई कमाउने सामाजिक काम, राजनीतिक काम, स्रोत साधनमा पहुँच र स्वामित्व, निर्णयकर्ता मर्यादित नागरिक जस्ता भुमिकामा पुरुषलाई उभ्याएको छ । यस्ता सामाजिक स्वरुप र विशेषताका आधारमा महिला र पुरुषबिच हुने फरक व्यवहार नै लिङ्गभेद हो । हाम्रो समाजमा लिङ्गको आधारमा कामको बाडँफाड हुने र कामको आधारमा नै सामाजिक मुल्य मान्यताहरु निर्धारण हुने भएकाले लैङ्गिक विभेदको अन्त्य अपरिहार्य छ । तर आज सम्म हाम्रो समाजले महिलाहरुलाई कसरी कहाँनिर शोषण गर्न सकिन्छ भनेर चारैतिर सामाजिक पर्खाल खडा गरेको छ । जसको कारण महिलाहरु चार किल्लाको पर्खाल भित्र कैद हुन बाध्य भएका छन् । हाल सम्म महिलाहरुलाई सामाजिक बन्धनबाट कसरी शोषण गर्न सकिन्छ भनेर महिलालाई स्वादिष्ट फल झै ठानिन्छ । ताकि उनिहरुलाई आफुले चाहे अनुसार चुस्न, काट्न, उसको रस निकालेर प्यून सकियोस । किन कि हाम्रो समाजले महिलाहरुलाई एउटा बस्तु सरह दान दिइन्छ, किनिन्छ र बेचिन्छ । एउटा महिला मानव नभएर कुनै बस्तु भइन भने के उनि स्वतन्त्र हुन्छिन त ? पक्कै पनि हुदिनन् । हाम्रा धर्म कर्म रितिरिवाजले यसरी नै बस्तु सरह हाम्रो शोषण गरेका छन् । हामी कुनै बस्तु होइनौ मानव हुन चाहान्छौ । स्वतन्त्र हुन चाहान्छौ कुनै बन्धन होइन , परेवा जस्तै आफ्नो गन्तव्य चुम्न चाहान्छौ, पिन्जडाको सुगा होइन । हामि महिलाहरु आगोको झिल्का बन्न चाहान्छौ , ताकि यो सामान्ति रुढिवादी समाजले बनाएको सबै बन्धन र पर्खालहरु डढाउन भत्काउन सकियोस । हामी सामाजिक आर्थिक रुपमा सवल बन्न चाहान्छौ ताकि अरुको भरमा हामी होइन, हाम्रो भरमा अरुलाई साहारा दिन सकियोस ।  यी भनाई केवल मेरो मात्र होइन सम्पुर्ण महिलाहरुको हो सबै महिलाको मनमा सायद यस्ता धेरै आक्रोस, वितृष्णा र कुन्ठाहरु छन् हामीले चाहेर पनि परिवर्तन गर्न सकेका छैनौँ वा हामिले गरेको पर्विर्तन यो समाजलाई पाच्य हुँदैन र हामी खुम्चिन्छौ, चुढिन्छौ र आफ्ना पाइला पछाडी सार्न बाध्य पारिएका छौ । 


पुँजीवादमा महिला
हामी सबैले आधुनिक समाजको कल्पना गरेका छाँै । आधुनिक समाजमा हरेक कुरा विज्ञापनको आधारमा किनबेच गरिन्छ । विज्ञापन विना यो समाजमा कुनै पनि वस्तुको बिक्रि वितण हुन गाह्रो छ । यो आधुनिक समाज हो भनेर कतिपय बुज्रुकहरु महिलाहरु पनि स्वतन्त्र छन् भनि फुकिरहेका छन् तर आधुनीकताको नाममा शोषण भएको छकि छैन भन्ने कुरा कसैले अनुमान गरेको छैन । किन कि पँुजीवादले महिलाको अगं अगंको विक्रि वितरण गर्छ । जस्तै महिलाको स्तन, साप्रा, जाँघबाट नै मोलतोल गरिन्छ । महिलाहरुलाइ थोरै आर्थिक प्रलोभन देखाउने र महिलाको शरिरको मोलतोल गर्ने  गरिन्छ ।  कुनै एउटा कम्पनीले आफ्नो  सामान उत्पादन ग¥यो भने उसले त्यसको विज्ञापन राम्रो शरीर र जिउडाल भएकी महिला मार्फत गराउछ । ताकि उसले ती महिलाको रुप, जिउडाल बेचेर आफु अरव पति बनोस । यहाँ हरेक बस्तुको विज्ञापनमा महिलाको प्रयोग गरिन्छ । उसको मधुर स्वर, टम्म मिलेको जिउडालको फाइदा एउटा बहुराष्टिया कम्पनिले लिएको हुन्छ । तर महिलाले विज्ञापन गरेका सबै बस्तु धेरै फाइदा हुने, अइस आरम दिने खालका हुन्छन । किन कि उनिहरुलाई कसरी लगाउदा राम्रो हुन्छ  वा आनन्द हुन्छ भनेर पैसाले महिलाको अस्मिताको व्यपार गरिरहेको छ । ती सबै कुरा हामिलाई थाहा हुदैन किन कि हामी साना–साना कुरामा सन्तुष्ट हुन्छौ, हामीलाई थोरै केही पाए पनि संसार जिते जस्तो हुन्छ र हामी त्यसैलाई स्वतन्त्रता ठान्छौ र हरेक पल बिक्रि भै रहन्छौ । यदि यो नै स्वतन्त्रता हो भने किन समाजका पुरुषले जस्तै हामीले पनि समान कामको समान ज्याला पाउँदैनौ त ? समाजमा समान हैसियात किन हुदैन त ? नीति नियम बनाउने ठाउमा पुग्दा पुग्दै पनि हाम्रो कुरा किन सुनिदैन ? समान हैसियत हुँदा पनि समान भुमिका किन दिइदैन ? यो सब पूँजीवादको देखाउने दाँत हो ताकि स्वतन्त्रताको नाममा उसले बेचिएको चाल नपाओस ।  

समाजवादमा महिला
हामी नारी मुक्ति आन्दोलन अति तेजले  लैजान चाहान्छौ कि जसको प्रभावले राजनीतिक, सामाजिक परिवर्तन होस वा समाजवादको स्थापना होस । किन कि समाजको हरेक शोषणबाट मुक्त हुनलाई समाजवादको आवश्यकता पर्दछ । जुन समाज वर्ग विहिन हुन्छ, लिङ्ग विहिन हुन्छ । हामीले चाहेको समाज यि दुवै हुन हामी त्यै समाजको खोजीमा सघर्षरत छौँ ।  यस मा लेनिनले भन्नु भएको छ स्त्री र मजदुर दुवैको मुक्तिको आवश्यकता छ किन कि यि दुवै शोषकको दाश हुन ” हो समाजवादमा मात्र महिलाहरुलाई आर्थिक, राजनैतिक, सास्कृतिक र सार्वजनिक अधिकार पुरुषको बरावर प्रदान हुनेछ । अहिले कानुनको दृष्टिमा स्त्री र पुरुष समान भने पनि सामाजिक र ब्यवाहारिक रुपले समान छैन्न् । समाजवादमा मातृत्वलाई सामाजिक कृत्य मानिनेछ  जुन परम्पराले महिलालाई दास बनाएर राख्न खोज्दछ त्यसको खुलेर विरोध गर्न पाईन्छ । किन कि त्यस समयमा महिला श्रमिक र पुरुष श्रमिकको बराबर पारिश्रमिक हुनेछ । त्यसैले गर्दा राजनैतिक अधिकार पनि समान प्राप्त हुन्छ । यसो भयो भने महिलाहरुले पनि आशातीत प्रगती गर्ने छन् । त्यो बेला सम्म हामी लढिरहने छौ ।

निष्कर्ष
महिलाको सवालमा हामी सामाजिक रितिरिवाज विरोधी हौं जवकी पुरुष विरोधी होइनौं । हामी समानता चाहान्छौं, समान व्यवहार चाहन्छौ । त्यसको लागि हामी महिलाहरु पनि जहाँ जसरी सक्छौ एक जुट हुन आवश्यक छ । किन कि हाम्रा समस्या समान छन्, हाम्रा आवश्यकता समान छन्, हामी सबै  पिडित छौ भने हामी उठ्न जरुरी छ । यदि हामी अव पनि उठेनौ भने फेरी कसैले टोक्नेछ, चिर्थोनेछ  त्यो कुनै सुंगुर होइन, कालो सर्व होइन यो अर्ध सामान्ति , पुँजीवादि व्यवस्थामा मौलाएको कुरिति र कुसस्कार हो । अव महिला हो उठ !! आफ्नो मेरुदण्ड सोझो गराएर उठ !! हामी हिड्नु छ !! यो सडक हाम्रो हो, यो चउर हाम्रो हो, यो खेतबारी हाम्रो हो, यो पथ हामो हो, जहाँ सम्म देख्न सक्छौ त्यो सब हाम्रो हो । केवल  प्राप्त गर्न लड्नु पर्छ, हामी जाग्नु पर्छ र जुट्नु पर्छ !! ।  



No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्