Saturday, July 27, 2013

तिम्रो फुलवारीमा फुल्न नसकेको कोपिला

                                                                                       श्री
                                                                                                              मितिः–२०६५÷०५÷०१

लाखौँ लाख सम्झनाका कोसेलीहरु एवं मिठो
चुम्वन सहित अमिट प्यार केवल तिमिलाई मात्र ल !!!
बिशेष कुरा त खै के लेखौँर यो निर्जिब कोरा कागजमा, तै पनि अमूल्य मायालाई अमरताको निसानी बनाउनको लागी भएपनि यो कागज र कलमको छेस्काको साहारालिई तिमिसामु उपस्थित भएको छु । तिमिलाई अंगालेर साथ साथै चल्नको लागी घाम,पानी , वर्षा र हुरीसंग लड्न ममा ठुलो शक्ती छ । यती हुँदा हुँदै पनि तिमिले ममा ठूलो अन्याय ग्यौ जसको पीडा र दुःखको सामना आज म गरीरहेको छु। 

    ठिकै छ ‘चान्द’ आखिर सबै राम्रा फूलहरु मेरो बगैचामा नै फूल्नु पर्छ भन्ने छैन अरुको बगैचामा फूलेको फूल हेरेर भएपनि म खुशीनै रहने छु । आखिर तिमिपनि मैले नै मन पराएकी त हौ नी त्येसैले आफ्नो मान्छेले दिएको पीडा मिठो मान्नु पर्दो रहेछ अर्को कुरा अबको मेरो जीवनको लक्ष्यभनेको ती तिम्रा पबित्र ओठहरुमा मिठो मुस्कान देख्नु हो त्येसैले ................ कृपायाँ तिमि निराश भएर हाईन मुस्कुराएर हाँसी खुशी रहिरहुँ । मैले बिगत देखि बर्तमान सम्म दुःख नै दःुख भोगेको छु, सायद त्यही मेरो दुःख देखि डराएर होला क्षणिक खुशीलाई सर्बोपरी ठानी मबाट टाढा भयौ । तर ‘चान्द’ क्षणिकको लागी माँया मोहमा फसाएर .................. यदि यसबाट बच्न सकिनौ भने जीवन सधैँ पछुतोमा पर्नेछ । मत केवल तिमिलाई सुझाबहरुमात्र दिन सक्छु अरु कुराहरु दिनको लागी त सबै माँयाको मन्दिरहरुमा साथै तिम्रो जीवनरुपी मन्दिरको यो पूजारीलाई तिमिले जलाई सक्यौँ ................... अब त म खरानीको धूलो भै सकेको छु कृपायाँ तिम्रो त्यो बिशाल हृदयमा अलिकतिपनि दया र माया छ भने यो खरानीलाई पनि कतै खोलामा लगेर बगाईदिनु ताकी म संधै संधैको लागी तिमि बाट ओझेलमा पर्न सकू ........................ ‘चान्द’ जीवन अनैठो छ है ! संसारको नियम पनि, समयको गति संगै बगिरहेको एउटा रुखबाट झरेको पातलाई हावाले उडाएर धेरै टाढा पु्याएझैँ मानव जीवनलाई पनि अनेकौँ संघर्ष गर्दै समस्याहरुसंग जुध्दै कर्तब्यपथमा लागीरहेको बेला अधुरो मिलन भएर यो मिलनले बिछोड हुने इच्छा नगर्दा नगर्दै पनि बाध्य भएर बिछोड्याई दिन्छ ।  
    ठिकै छ ‘चान्द’ मैले हिरा–मोती, सुन–चाँदी जति बहुमूल्य बस्तुहरु दिन नसकेपनि शून्य आँकाश र धर्तिको बिचमा एउटा खरको सानो झुपडीमा सुख दःुखका साथ राख्ने थिए .......... ‘चान्द’ फेरी तिम्रो भुल नदोहारीयोस आफ्नो इज्जतमा दाग लगाउने प्रयास नगर्नु जो कहिल्यै पनि मेटिदैन । तिमिले मन पराएको प्रेमीलाई मलाई जस्तो  नठान्नु जुनी–जुनीभर साहारा दिनु, माया दिनु, ममता दिनु, नमिठो बचन कहिलै नदिनु .............. यो जुनीमा त तिमिलाई बाहेक अरुलाई आफ्नो नबनाउने कसम खाई सकेको छु अर्को जुनीमा तिमिलाईनै पर्खिबस्नेछु र तिम्रो झरणा झै चोखो सिँउदोमा रगतको सिँदुर हाली आफ्नो बनाउने छु ।



तिम्रो फुलवारीमा फुल्न नसकेको
कोपिला  

1 comment:

  1. yo letter ta sarai ramro rahechha kasko laagi ho yo letter

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्