Saturday, July 27, 2013

काठमाडौं, श्रावण १३ ( नेपाल पत्रकार महासंघमा श्रमजीवी पत्रकारको तलव कम्तिमा १५ हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव पेश भएको छ । महासंघका सदस्यद्वय बालकृष्ण बस्नेत र सूर्यमणि गौतमले सरकारी कर्मचारीको तलव वृद्धि भएको अवस्थामा बजार महँगी बढेको भन्दै पारिश्रमिक बढाउने प्रस्ताव पेश गरेका हुन् । श्रमजीवी पत्रकारलाई तोकिएको न्यनतम पारिश्रमिक र अहिलेको बजार अवस्था, मुल्यवृद्धिसँग मेल खाँदैन,ु प्रस्तावमा भनिएको छ,  ुयसबीचमा सरकारी कर्मचारीको तलबमान समेत बढिसकेको छ । यी सबै अवस्थालाई मध्यनजर राख्दै श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक मासिक कम्तिमा १५ हजार रुपैयाँ हुनुपर्छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको आधारमा २ वर्षदेखि लागू गरिएको पत्रकारहरुको न्यूनतम पारिश्रमिकको सबैभन्दा ठुलो अंक १० हजार ८ छ ।

महासंघलाई समावेशी स्वरुप दिनेबारे पोखरा अधिवेशन टुंगोमा नपुगेको उल्लेख गर्दै प्रस्तावमा विशेष महाधिवेशन माग गरिएको छ ।  ुपोखरामा सम्पन्न साधारणसभामा महासंघलाई समोवशी बनाउनेसहित विधान संशोधनका विभिन्न प्रस्ताव पेस भएको थियो । त्यतिबेला फिर्ता लिइएको उक्त प्रस्ताव जतिसक्दो चाडै सभासदमाझ पुर्‍याई महासंघको यही कार्यकालले टुंगो लगाउनुपर्छ,ु प्रस्तावको दोस्रो बुँदामा लेखिएको छ, ुत्यसका लागि जिल्ला अध्यक्ष, सचिवहरुको भेला बोलाई त्यही बेला विशेष महाधिवेशन समेत राखि विधान संसोधन गर्न आवश्यक निर्णय होस् ।
श्रमजीवी पत्रकारले नियमित तलब, सुविधा नपाउँदा विभिन्न अप्ठेरो भोग्नुपरेको उल्लेख गर्दै प्रस्तावमा व्यवस्थापकसहितको प्रतिनिधित्व अनिवार्य गराई अनुगमनको माग गरिएको छ । तलव माग्दा पत्रकारमाथि भएको दुर्व्यवहारबारे पनि महासंघमा छलफल गरिनुपर्ने प्रस्ताव पेस गरिएको छ । विगतमा महासंघको सदस्यता लिए पनि हाल पत्रकारितामा नरहेका सदस्यलाई स्वेच्छिक र सम्मानपुर्वक बिदा गर्न प्रस्ताव पेस गरिएको छ । महासंघको जारी आठौँ पूर्ण बैठकमा निरन्तर २० वर्षभन्दा बढी पत्रकारितामा संलग्न पत्रकारलाई मापदण्ड बनाएर पेन्सनको व्यवस्था गर्न प्रस्ताव पेस भएको छ ।
साभार : कान्तिपुर

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्