Wednesday, August 7, 2013

माक्र्सबादी दर्शन संक्षित्प चर्चा

वेदुराम भुषाल

अभिवादन
   माक्र्सबादी दर्शन संक्षित्प चर्चा
दर्शनको परिभाषा ः 
  दर्शन मानिसको विश्व दृष्टिकोण हो । विश्वदृष्टिकोण भनेको विश्वप्रतिको दृष्टिकोण हो । विश्वलाई हेर्ने, वु¤ने र व्याख्या गर्ने दृष्टिकोण हो ।     दर्शन प्रकृति, जीवन, समाज र चिन्तनको विकासका चालक वा आम नियमहरुको विज्ञान तथा अध्ययन पद्धति हो ।     दर्शन मानव चेतनाका रूपहरूमध्ये एक हो ।      “दर्शन सत्य सम्वन्धी दृष्टिकोण ९खष्कष्यल या तचगतज० हो ।” (  ल्पेटो   “दर्शनशास्त्र चिन्तन पद्दति मात्र नभएर जीवन पद्दति पनि हो ।” — एम. हिरियन्ना    “प्रत्येक दर्शनले एक विश्वदृष्टिकोण अभिव्यक्त गर्दछ ।”— मोरिस कन्फोर्थ   “हरेक सच्चा दर्शनशास्त्र आफ्नो युगको उच्चतम बौद्धिक सारतत्व हो ।”
                                                      — कार्ल माक्र्स


दर्शनको काम
  दर्शनले हाम्रो दृष्टिकोण निर्माण गरिदिन्छ ।
   दर्शनले जीवनशैली या बाँच्ने तरिका सिकाउछ ।
    दर्शनले संसार वु¤न सिकाउछ ।
   दर्शनले समाज परिवर्तन गर्न सिकाउछ ।
  

æPhilosophy is the head of emencipation 

(दर्शन मुक्तिको मष्तिष्क हो)    ( - Karl Marx)
दर्शनका प्रकार ः
   दर्शन मुख्य  दुई प्रकारका छन् ः
१. भाववादी दर्शन ,जसले चेतना र चिन्तनलाई प्राथमिक  तत्व मान्दछ र संसारलाई अबोधगम्य ठान्दछ । 
२. भौतिकवादी दर्शन, जसले पदार्थ एवम् अस्तित्वलाई  प्राथमिक तत्व मान्दछ र संसारलाई बोधगम्य ठान्दछ ।
    भावबाद÷अध्यात्मबाद ईश्वर केद्रित दर्शन हो भने भौतिकबाद मानव केद्रित दर्शन हो ।

 भाववाद र भौतिकवाद बीचका मुख्य भिन्नताहरु ः
१)  भाववादले चेतनालाई प्राथमिक तत्व मान्दछ भने भौतिकवादले पदार्थलाई प्राथमिक तत्व मान्दछ ।
२)  भाववादले संसार अबोदगम्य वा अज्ञेय  मान्दछ भने भौतिकववादले संसारबोधगम्य वा ज्ञेय मान्दछ ।
३)  भाववादले ईश्वरीय शक्तिमा विश्वस गर्छ भने भौतिकवादले ईश्वर काल्पनिक शक्ति मात्र हो भन्दछ ।
४)  भाववाद ईश्वर केद्रित चिन्तन हो भने भौतिकवाद मानव केद्रित चिन्तन  ।
५)  भाववादले ज्ञान ईश्वरबाट प्राप्त हुन्छ भन्दछ भने भौतिकवादले ज्ञान व्यवहारबाट प्राप्त हुन्छ भन्दछ ।
६)  भाववादले मानव समाजलाई ईश्वरको रचना  मान्दछ भने भौतिकवादले समाज बस्तुगत जगतको विकासको परिणाम हो भन्दछ ।
७)  भाववादले आत्मा अमर भएको र जीवको पुर्वजन्म एवम् पुनर्जन्म भैरहने मान्दछ भने भौतिकवादले आत्माको अमरता र पूर्व जन्म एवम् पूनर्जन्म हुनेमा विश्वास गर्दैन ।
८)  भाववादले धर्मशास्त्रमा विश्वास गर्न भन्दछ भने भौतिकवादले विज्ञानमा विश्वास गर्न भन्दछ ।
९)  भाववादले प्रतिकृयावादी वर्गको पक्षपोषण गर्दछ भने भौतिकवादले श्रमजीवि वर्गको पक्षपोषण गर्दछ ।
    माक्र्सबादी दर्शन ः
    माक्र्सबादी दर्शन संसारका सवै बस्तु र घटनालाई तिनीहरूका गतिको द्वन्द्वात्मकतामा र विकासको ऐतिहासिक प्रकृयामा वु¤ने तथा व्याख्या गर्ने र परिवर्तनका लागि तरिका बताउने दर्शन हो ।
   यसलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शन भनिन्छ ।
   यो सवैभन्दा विकसित र वैज्ञानिक भौतिकवादी दर्शन हो ।
    माक्र्सबादी दर्शनका मूल मान्यता ः
१ संसारका सबै वस्तु र घटनाको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण वा आधार भौतिक पदार्थमा रहेको द्वन्द्वात्मक गति हो भन्ने मान्यता ।
२. संसार परिवर्तन गर्ने मान्यता ।
३. श्रमजीवी वर्गको पक्षपोषण गर्ने मान्यता ।
४. दर्शन र सिद्धान्तहरू चिन्तन पद्धति मात्र नभएर कार्य पद्धति पनि हुन भन्ने मान्यता ।
    द्वन्द्वात्मक र्भातिकबाद ः 
    भौतिक पदार्थको द्वन्द्वात्मक गतिलाई संसारका सबै वस्तु , घटना र घटना प्रकृयाको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण वा आधार मान्ने दर्शन ।
    संसारका सवै बस्तु र घटनालाई तिनीहरूका गतिको द्वन्द्वात्मकतामा र विकासको ऐतिहासिक प्रकृयामा हेर्ने , वु¤ने तथा व्याख्या गर्ने र परिवर्तनका लागि तरिका बताउने दर्शन  ।
द्वन्द्व र द्वन्द्वात्मकता  ः
    द्वन्द्व दोहोरो गति एवम् दोहोरो  क्रियाको योग हो ।
    द्वन्द्व प्रतिपक्षहरूविच एकता र संघर्षको समुच्यय हो ।
    “द्वन्द्ववाद बाह्य जगत् र मानव चिन्तन दुवैको गतिका सामान्य  नियमहरूको विज्ञान हो ।” — एंगेल्स
  “द्वन्द्ववाद बिपरित तत्वहरूको एकताको सिद्धान्त हो ।” — लेनिन
   

      æOn the scale of the entire universe, the posetive energy of the matter can be balanced by the negative gravitational enery, and so there is no restriction on the creation of whole universe.Æ


द्वन्द्ववादका मूल नियम ः
   वस्तु वा घटनाको अस्तित्व र विकासमा निर्णायक भूमिका खेल्ने स्थायी एवम् दोहोरिरहने अत्यावश्यक आन्तरिक सम्बन्धहरूलाई नियम भनिन्छ ।  द्वन्द्ववादका मूल नियम निम्न प्रकार छन्–
१) प्रपिक्षको एकता र संघर्षको नियम ।
२) मात्रात्मक परिवर्तन र गसणात्मक रूपान्तरणको नियम ।
३) निषेधको निषेध हुने नियम ।

) प्रतिपक्षको एकता र संघर्षको नियम ः
    संसारका सबै वस्तु र घटनामा जीवनशील र मरणशील, नयां र पुराना , सकारात्मक र नकरात्मक आदि परस्पर विरोधी चरित्रका पक्षहरू हुन्छन् र ती दुर्ई पक्ष अर्थात् प्रतिपक्षहरू बीच एकता र सघर्ष चलिरहन्छ ।
    भौतिक पदार्थका हरेक परमाणुमा ऋणात्मक र धनात्मक  विद्युतधारा भएका इलोक्ट्रोन र प्रोटोन हुन्छन् ।
    विद्युतमा सकारात्मक र नकरात्मक धारा हुन्छन् ।
    चुम्वकमा उत्तरी ध्रुव र दक्षिणी ध्रुव हुन्छन् ।
    रासायनिक तत्वहरूमा संयोजन र बियोजन क्रिया हुन्छ ।
    हरेक जैव शरीरमा परिपाचन र विपाचन क्रिया चलिरहन्छ ।
समाजको उत्पादन प्रणालीमा उत्पादक शक्ति र उत्पादन सम्बन्धका बीच द्वन्द्वात्मकता हुन्छन् ।
   तार्किक ज्ञानमा अमूर्त चिन्तन र विम्व निमार्ण तथा विश्लेषण र संश्लेष्ण कार्य हुन्छ ।
२) मात्रात्मक परिवर्तन र गुणात्मक रूपान्तरणको नियम ः
   संसारका सबै वस्तु र घटनाहरू गतिशिल एवम् परिवर्तनशील हुन्छन् ।
   परिवर्तनको प्रकृया मात्रात्मक र गुणात्मक ढङ्गले अगडि बढ्दछ । 
    वस्तुको मात्रामा हुने परिवर्तन, ऊर्जाको मात्रामा हुने परिवर्तन र सम्बन्ध या अन्तर्विरोधको मात्रामा हुने परिवर्तनले वस्तु या घटनाको गुणमा पनि परिवर्तन ल्याउछ ।
    इलोक्ट्रोन र प्रोटोनको संख्या फरक हुदा भिन्न तत्वको  परमाणु बन्दछ ।
   ज्द्दइ  हुदा पानी बन्दछ भने  ज्द्दइद्द हुदा हाइड्रोजन पेराक्साइड बन्दछ ।
    जीव कोषको केन्द्रिकामा रहने जीवसूत्र (ऋजचयmयकयmभ) को संख्यामा भिन्नता हुदा फरक खालको जीवकोष बन्दछ । (भ्यागुताको १३, मुसाको २०, मान्छेको २३, नरवानरको २४, मटरकोसाको ७, प्याजको ८, ऊखुको ४० आदि ।
    पानी ० डिग्रि से.को तापमानमा बरफ, १०० डिग्रि से. मा बाफ र ५५० डिग्रि से. मा ल्पाज्मा बन्दछ ।
   सामाजिक सम्बन्ध या अन्तर्विरोधको मात्रामा हुने पिरिवर्तनले समाजको अवस्थामा परिवर्तन हुन्छ  ।

३) निषेधको निषेध हुने नियम ः
ड्ड    वस्तु वा घटनामा गुणात्मक परिवर्तन हुदा अस्तित्वको पुरानो रूप लोप हुने र नया रूप अस्तित्वमा आउने अबिच्छन्न प्रकृयाको नियमलाई निषेधको निषेध हुने नियम भनिन्छ ।
     हाइड्रोजन र अक्सिजन निषेध भई पानी वा हाइड्रोजन पेराक्साइड बन्नु ।
   बरफ निषेध भएर पानी तथा पानी निषेध भै वाफ अनि वाफ निषेध भएर ल्पाज्मा बन्नु ।
    पुराना जीवकोष नष्ट हुनु र नयाँ जीवकोष बन्नु ।
    पुराना उत्पादन सम्बन्ध विस्थापित भै नयाँ उत्पादन सम्बन्ध स्थापित हुनु ।
     पुरानो सामाजिक व्यवस्था  विस्थापित भै नयाँ सामाजिक व्यवस्था स्थापित हुनु ।
      ज्ञानका पुराना सीमा तोडिएर नया सीमा कायम हुनु ।
  ऐतिहासिक भौतिकबाद
    ऐतिहासिक भौतिकबाद समाजको भौतिकबादी अवधारणा हो ।
    यो समाजलाई विकासको गति र ऐतिहासिक प्रकृयामा हेर्ने ,वु¤ने तथा व्याख्या गर्ने र वदल्नका निम्ति तरकिा बताउने दर्शन हो ।
   समाजवारे दुई दृष्ट्रिकोण ः
 समाजको उत्पत्ति, विकास र परिवर्तन सम्वन्धी दुइखाले दृष्ट्रिकोण छन् ः 
१) समाजलाई ईश्वरको रचना मान्ने दृष्टिकोण ।
२) समाजलाई भौतिक सम्बन्धहरूको कुल योग या समष्टि मान्ने दृष्टिकोण ।
   समाजको बस्तुबादी परिभाषा
    समाज भनेको मानवीय जीवन निर्वाहका निम्ति आवस्यक पर्ने भौतिक साधनहरूको उत्पादन गर्ने शिलशिलामा  मानिसहरू एक आपसमा मिलेर बस्न र कामगर्न थालेपछि निर्माण भएको आर्थिक सामाजिक संरचना हो ।
   यो उत्पादक शक्ति रउत्पादन सम्वन्धहरूको द्वन्द्वात्मकतामा आधारित सामाजिक , साँस्कृतिक , वैचारिक , राजनैतिक , प्रशासनिक आदि सम्वन्ध एवम् संरचनाको कुलयोग हो ।
समाज विकासका नियमहरू ः
(१) समाजको उत्पत्ति, विकास र परिवर्तनमा भौतिक उत्पादन कार्यको निर्णायक भूमिका  रहन्छ ।
(२) समाजको आधार जस्तो छ, सोही अनुरूपको संरचना बन्दछ ।
(३) चेतनाले अस्तित्व निर्धारण गर्ने होइन भौतिक अस्तित्वले चेतनाको निर्धारण गर्दछ ।
(४) वर्गीय समाज परिवर्तनको मूल संवाहक या मूल माध्यम वर्ग सघर्ष हो ।
(५) समाज र समाजको इतिहासका निर्माता श्रमजीवी जनता हुन् ।    

द्वन्द्ववादका प्रवर्गहरु वा सहायक नियम   द्वन्द्ववादका उपर्युक्त मूल नियमका अतिरिक्त केही सहायक नियम पनि छन् ,जसलाई प्रवर्ग या भाव पनि भनिन्छ । ती निम्न प्रकार छन् ः

   १) आम र विशेष ।
   २) कारण र कार्य ।
    ३) सार र रूप ।
    ४) अन्तर्वस्तु र आकृति ।
    ५) सम्भावना र वास्तविकता ।
   ६) नियमितता र आकस्मिकता ।
    थप केही
                जिज्ञासा ?
धन्यबाद


No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्