Saturday, September 28, 2013

नेपालको आदिवासी जनजाति जनसंख्य एक सिंहावलोकन

कल्पना थापा

नेपालको कुल जनसंख्यको सैतिस पैतिसत भन्दा बढी हिंस्सा ओगोटेको आफ्नो छुट्टै मातृभाषा र परम्परागत रीतीरिवाज भएको जनजातिहरु सदियौं देखी यस देहको बिभिन्न भु–भागमा आफ्नो छट्टै सांस्कृसतक पहिचानसहित वसोवास गर्दै आएका छन् । बढ्दो जनसख्य बृद्धि जाति व्यवस्था पश्चिमीकरण ,आधुनिकिकरण ,शहरीकरण ,प्राकृतिक स्रोतमाथिको अतिक्रमण आदिका कारण यिनिहरु कतिपयको संस्कृति लोप भइसकेका छन् भने कतिपयको लोप हुने अवस्थामा छन् । आर्थिक गरिवि बढ्दो छ ।शिक्षा स्वस्थ्य खानेपानी विजुली यातयातजस्ता सुविधा बाट अधिकांश आदिवासी ÷जनजातिहरु बन्चित छन् । २०४७ सालको प्रजातन्त्रको पुनवहाली सगै आदिवासी जनजातिहरुमा चेतनाको विकास भएको पाइन्छ ।

आदिवासी, जनजातिको परिभाषा

आदिवास्ी जनजातिको सम्बन्भमा बिभिन्न समाजशास्त्री, मानवशास्त्री ,स्रयुक्त राष्ट्रसंघलगायतका अन्तराष्ट्रिय सघंसस्थाहरुले लेपालको सन्र्दभमा र नेपालमै आदिवासी जनजातिसमबन्धी अन्तराष्ट्रिय र नेपाली सघं सस्थाहरु तथा बििभनभ विद्धानहरुले बििभन्न तरिकाले परिभाषित गरेको पाइन्छ । आदिवासी आन्दोलनका अगुवा वा कार्यकर्ता ,आदिवासी जनजाति विद्धानसित परामर्श गरि नेपाल आदिवासी जनजाति माहासंघ १९९४ ले नेपालको सन्दर्भमा आदिवासी जनजातिलाई परिभाषित गर्न देहाय बमोजिमका मापदण्डको विकास गरेको हो जनजाति महासघंका अनुसार आदिवासी भन्न्ाँले भिन्न सास्कृति परम्परा र आफ्नो मात्रृभाषा भएको पितृ तथा प्रकृति पुजने धर्ममा आधारित धार्मिक विस्वस   गर्ने जातिलाई बुझाउछ । ती पुर्खाका वर्तमान सन्ततीहरु जसका पुर्वजहरुले पहिलो वासिन्दा वा मुलािसीका रुपमा हालको नेपालराज्यको भु–भागहरु भिन्न नश्व जाति वा संस्कृतिका मानिसहरु आउनु अगावै र्चचेका थिए र जसका आफ्ै लिखित वा मैखिक इतिहास छन् ।

आदिवासी जनजाती भन्नाले साधरणतय “आफ्नो परम्परागत भौगोलिक बसोबासको क्षेत्र धर्म सस्कृति ।इतिहास मात्रृभाषा ,परम्परागत रितिरिवाज सास्कृतिक पहिचान र सामाजिक संरचना भएको जाति वा समुदायलाई जनाउछ । नेपाल जनजाति महासंघको विधान २०४७ नेपाल सरकारले २०५२ साल पौष ३० गते जनजाति उत्थान प्रतिस्ठान कार्यदले प्रस्तुत गरेको मुल प्रतिवेदन २०५घ ले आदिवासी जनजाति महासघंको संसोधन विधान अनुसार आफ्नो मात्रृभाषा र परम्परागत रितिरिवाज भएको जनजाति अन्तर्गत पर्दछ ” ।

jaनजाति भन्नले निम्न विषेताहरु भएको समुदायलाई जनाउछ “जसको आफ्नो छुट्टै सामुहिक सांस्कुतिक पहिचान परम्परागत भाषा धर्म रितिरिवाज र सस्कृति छ र जसको परम्परागत सामाजिक संरचना समानतामा आरित छ । आदिवासी जनजाति उत्थान प्रतिस्ठान ऐन २०५८अनुसार आदिवासी जनजाति भन्नाले आफ्नो मात्रृभाषा  भएको हुनुपर्दछ । अन्तराष्ट्रिय श्रम् संगठन –आइएलओका अनुसार “आदिवासी भन्नले विद्यमान शासन समुहहरु भन्दा पहिले आएका र आफ्नो परम्परा रितिरिवज संस्कार लगायत सामाजिक सांकृतिक र आर्थिक रुपमा राज्यको मुलप्रवाहभन्दा बेग्लै भएको तर शासित भएर रहनु परेकाहरुलाई जनाउछ ”। विश्वबैक कम अनुसार –“ऐतिहासिक कालदेखीनै कुनै निश्चित भोगोलिक क्षेत्रमा छुट्टै बसोबास गदै आएकार आफु बसोबास रहेको भुमि प्रकृतिक स्रोत, साधन माथि सामुहिक भावनात्मक सम्बन्ध भएको समुह जुन समाजका उच्च संस्कृतिक समकुहभन्दा भिन्दै आफ्नो छुट्टै सामाजिक सास्कुतिक राजनितिक र आर्थिक संस्थाहरु भएको समुह र सरकारी कामकाजमा प्रयोग हुने भाषा भन्दा भिन्न आफ्ै जातिय भाषा भइको समुह ।

यस परिभाषाका आधारमा नेपालमा ५९ आदिवासी जनजातिहरुको किटान पहिलानै भैसकेको भएतापनि हाल आएर अन्य कतिपय जातिहरुले आफुहरुपनि छुट्टै जनजाति भएको दावी गर्दै हालको जनजातिहरुको संख्यमा थप गरिनुपर्ने मागका अतिरिक्त नेपाल आदिवासी जनजातिमहा सघंमा समेत छुट्टै संस्थाको रुपमा आवद्ध हुन पाउनु पर्ने माग अगाडी सार्दै आएको पाइन्छ । जस्तै कुलुङ समुदाय , लोहारुङ समुदाय , चाम्लिङ नछिरिङ, । यस सन्र्दभमा नेपालमा कति प्रकारका आदिवासी जनजातिहरु रहेका छन् ? कुन कुन जातिहरु आदिवासीजनजाति अन्र्तगत पर्दछन् भन्ने सम्बन्धमा थप विस्तृत अध्ययन् अनुसन्धान र जनजातिको परिभाषाका सम्बन्धमा बििभनभ गोस्ठी , अन्र्तकुयामार्फत व्यापक बहस र छलफल गरी त्यसका आधारमा आदिवासी जनजातिहरुको पुन परिभाषित गरिनुपर्दछ । कुनै पनि मानव जातिको जीवनशैली परक्परा संस्कृति लवइखवाई सबै कुरा उनिहरु बसोवास गर्दै आएको भौगोलिक अवस्था ,पर्यावरण आदिले निर्धारण गर्ने हुनाले माथि दिइएको परिभाषा अनुािर कुनै न कुनै रुपमा मेल खान सक्छ । त्यसैले हाम्रो देशको सन्र्दभमा आदिवासी जनजाति छुट्टयउने मुख्य आधारको रुपमा उनिहरुको मात्रृभाषालाई लिइनु पदर्छ । जसलाई कुनै पनि जातजातिको मुख्य पहिचानको रुपमा लिन सकिन्छ । भाषालाई मान्यता दिदा पनि ठाउ अनुसार भाषिकाको रुपमा सामान्य बोलीचालीमा फरक रहेकालाई मान्यता दिइनु हुदैन् । त्यस्तै अर्को आध्ाँरको रुपमा चार वर्ण व्यवस्थ्ँ भित्र नपर्ने आफ्नो छुट्टै समानतामा आधारित सामाजिक संरचना भएको समुदायलाई लिइनुपर्दछ ।

नेपालमा ६१ प्रकारका आदिवासी जनजातिहरु रहेकोमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्थान ऐन २०५८ ले ५९ प्रकारका आदिवासी जनजाति रहेको स्पष्ट गरेको छ । जसका आधारमा हिमाली १८ , पहाडी २४, भित्रि मधेशमा ६ प्रकारका र तराई क्षेत्रमा ११ प्रकारका आदिवासी जनजातिहरुको बसोबास रहेको देखिन्छ ।
कुल जनसंख्य    आदिवासी जनजाति    प्रतिशत
२३१५१४२३    ८४५४७८२    ३७.१९
जनजातिहरुको जनसंख्या २०५८ को जनगणना हनुसार
आदिवासी जनजाति समुदाउका प्रचलनमा रहेका परम्परागत नृत्य तथा गीत संगीतहरु उनीहरुको भिन्न सांस्कृतिक पहिचानलाई उजागर गर्ने अभिव्यक्तिहरु हुन् । साथै आदिवासी जनजाति समुदायका भाषाहरु लेखाई तथा बोलाई दुवैमा प्रया अन्य राष्ट्रिय समाज भन्दा भिन्न हुने गर्दछ । तिनिहरु आदिवासी जनजातिका मुल र पहिचानको आधारभुत अंगहरु हुन् । क्यनाडाका मोहक आदिवासीहरुको शब्दमा यदि तपाई मोहक प्रदेशमा आउनुभयो भने र त्यहा कोही पनि मोहक भाषा बोल्ने तपाई भट्नुहुन्न भने त्यो पदेश मोहकको हो भनेर तपाई कसरी भन्न सक्नुहुन्छ । प्रत्यक्ष देख्न सकिने आदिवासी जनजातिको भिन्न संस्कृति तथा परम्परा भनेको उनिहरुको भेषभुषा हो जुन अन्य जनसमुदायको भन्दा प्राय भिन्न खालको हुन्छ । र प्राय स्थानिय स्तरमा उपलब्ध प्राकृतिक सा्रेतबाट बनेको हुन्छ । उदाहारणको लागी ष्लगष्त हरुको भेषभुषा सिलको छालाबाट बनेको हुन्छ भने शामीहरुको हरीण को छालाबाट र भुत्लाबाट बनेको हुन्छ ।




No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्