Monday, May 12, 2014

परिवर्तित नेपाली समाजको गन्तव्य र अबको बाटो

नेपालको राजनीतिमा बेला बेलामा विभिन्न समयमा विभिन्न राजनितिक पार्टि भित्र बहसहरु चल्ने  छ अहिलेको सन्दर्भमा नेकपा एमालेको नबौ महाधिबेसन नजिक आएको बेलामा निकै बहसहरु चलेका छन् जसमा समाज बिकासको चरण  आदि बारे यस सन्दर्भमा नेकपा एमालेका सचिब शंकर पोखरेलको बिचार यस्तो छ।

१. यतिवेला नेकपा(एमाले)को नवौं महाधिवेशनको चर्चासंगै वैचारिक वहसको श्रृंखला सुरु भएको छ । सुरुमा नेपालीक्रान्तिको सिद्धान्त र कार्यक्रम तथा राजनीतिक कार्यदिशा र कार्यभारहरु कै वारेमा वहस गर्न खोजिएको थियो । तर अहिले त्यस सन्दर्भमा एक प्रकारको सहमती बन्दै गएको अवस्था छ । तर वैसठ्ठी त्रिसठ्ठीको राजनीतिक परिवर्तनलाई मुल्यांकनगर्ने सवालमा र नेपाली समाजको चरित्र निरुपण गर्ने सवालमा भने अझै सहमती जुट्न सकेको छैन ।
पछिल्लो राजनीतिक परिवर्तनलाई कसैले पुरानो वुर्जवा क्रान्ति पुरा भएको अर्थमा कसैले जनताको वहुदलीय जनवादी कार्यक्रमनै पुरा भएको अर्थमा चित्रण गर्न खोजिरहेको अवस्था थियो । तर अहिले त्यस सन्दर्भमा आफ्नै विशेषताभएको राजनीतिक क्रान्ति भनेर विश्लेषण गर्ने भन्ने कुरामा समेत मतैक्य कायम भएको देखिन्छ ।
- See more at: http://www.onlinekhabar.com/2014/05/197587/#sthash.2xgEwuxS.dpuf
 १. नेकपा एमालेको नवौं महाधिवेशन नजिकिदै गरेको अबस्थामा त्यसको तयारी कहाँ सम्म पुगेको छ । तयारी नपुगेको कारणले महाधिवेशन सर्छ कि सर्दैन ।
महाधिवेशन पाँचवर्ष भित्र गर्ने भनेर पार्टी बिधानमा  व्यवस्था गरीएको छ ।  तर, केही मान्छेहरु महाधिवेशनको तयारीमा सघाउन, प्रोत्साहा गर्न भन्दा पनि हतोस्साही बनाएर पछाडी धकेल्ने प्रयासमा लागी परेका छन् । यो पार्टीको नियमीत जीवन भएको हुनाले यसलाई समयमै सम्पन्न गर्न पर्टीले ध्यान दिनु पर्छ । सोही अनुरुप हामी लागीरहेका छौं । दस्तावेज मस्यौदा समीतीले मस्यौदा तयार परिसकेको र अन्तिम चरणको छलफलमा रहेको अवस्था छ । त्यसैगरी, व्यवस्थापन सम्बन्धी बिभिन्न समीती र उपसमिति मार्फत कामहरु अगाडी बढीरहेका छन् । सदस्यता नविकरणको विषय पनि बैसाख ५ सम्ममा सकिएको छ । सबै जिल्लाले आफ्नो जिल्ला अन्तरगतका संगठीत सदस्यको नविकरण गरेको विवरण पार्टी केन्द्रीय कार्यलयमा बुझाइसकेका छन् । तसर्थ, महाधिवेशन तयारीको पहिलो चरणको कार्य सम्पन्न भएको छ ।

ड्ड    दस्तावेज तयार नभएको भन्ने कुरा आएको छ दस्तावेजको कारणले महाधिवेशन सर्छ कि सर्दैन ?
दस्तावेजलाई विषय बनाएर तयारी पुगेन भन्नु तर्कसंगत होइन । विगतमा पनि यस्तो परम्परा थियो विवादका विषय र प्रसंगहरु सार्बजनिक भएकै छन् । जसमा बहस र छलफल खुल्ला गरिएको छ त्यो जारी पनि छ । केन्द्रिय कमीटी बैठकले ती बहसका विषयलाई समन्वय गर्ने प्रयास गर्ने छ । केही साथीहरु आठौं महाधिवेशन देखी नै आफ्नो बिचार अनुसारको बहसमा हुनुहुन्छ, निरन्तर छलफल गर्नु भएकै छ । त्यसैले, बिचारको बहसमा समय अभाब भन्नु युक्ति संगत होइन । आठौं महाधिवेशन पनि मंसीरमा घोषणा भएर फागुनमा सम्पन्न भएको थियो । हामीमा पुरानो कुरालाई बिर्सने परम्परा छ, त्यसैले पार्टीको नियमीत जीवन पनि बुुझ्ने कोसिस गर्नु पर्छ ।
२. समाज बिकासको चरणका हिसावले नेपाली समाज  कुन चरणमा छ । अर्ध सामान्ती, वा पुँजीवादी ?
   हामी हिडेको बाटो नयाँ क्रान्तिको बाटो हो । सर्वहारा श्रमजीवी वर्गको नेतृत्वमा राष्ट्रिय पूँजीवाद निर्माणको बाटो हो । कम्युनिष्ट पार्टीको अगुवाइमा हामी त्यो कार्यमा छौं । हिड्ने एउटा बाटो र निष्कर्स निकाल्ने अर्को बाटोको भन्ने कुरा चाही उचीत होइन । जसले सिंगोे आन्दोलनलाई अवमूल्यन गर्दछ । नयाँ क्रान्तिको बाटोलाई राजनीतिक कार्यदिशा बनाउने र पुरानो पूँजीवादमा मूलुक गयो भन्ने निष्कर्स निकाल्ने कुरा पूर्णत गलत कुरा हो । ०६२÷०६३ को आन्दोलनमा जबजको नीतिगत श्रेष्ठता हासील गर्यो भन्ने र मूलुकमा दलाल पूँजीवाद मुख्य चरित्र हो भनेर विस्लेषण गर्ने । यसो भन्नुको मतलब क्रान्ति सम्पन्न भयो अनी दलाल पूँजीवाद आयो भन्नु चाहीं विल्कुल संगती नमीलेको कुरा हो । हाम्रो कम्युनिष्ट आन्दोलनले छ दशक पारगरि सक्दा हामीले हिडेको बाटो अर्थहिन भयो भन्नु उचित हो की होइन? यसले कम्युनिष्ट पार्टी भित्र रहीरहने बाटो तय गर्छ की गर्दैन? राजनीतिक रुपमा हेर्ने हो भने ०६२÷०६३ को आन्दोलन बाट जुन उपलब्धी हाँसील गर्यौ त्यो सबै जबजको देन हो । नेपाली काँग्रेस ०४७ को संविधान कै अवस्थामा रमाउन चाहन्थ्यो, तत्कालीन माओवादी हतियार बाट सम्पूर्ण राज्य सत्ता कब्जा गर्न चाहन्थ्यो । जबजलाई न त ०४७ पूर्ण थियो न त सशस्त्र युद्ध समाज परिवर्तनको एक मात्र बाटो हो भन्ने थियो । त्यसैले, ०६२÷०६३ को शान्तिपूर्ण आन्दोलन बाट जबजको श्रेष्ठता पुष्टि भयो । जबज समकालीन नेपाली राजनीतिको मार्गदर्शक सिद्धान्त बन्न पुगेको छ । अहिले हामी जुन किसिमको राजनीतिक प्रणालीमा अगाडी बढीरहेका छौं  त्यो सबै जबजले अगाडी सारेको रोडम्यप नै हो । त्यो आन्दोलनको राजनीतिक उपलब्धी के थियो भने जननेता मदन भण्डारीले ०४७ सालको संविधानमा उठाउनु भएका असहमतीका २७ बुँदाहरु ०६३ जेष्ठ ४ को तत्कालीन प्रतिनिधि सभाको बैठकले घोषणा गर्यो । जुन ऐतिहाँसिक थियो । त्यही घोषणाले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको मार्ग निर्माण गरेको थियो । यो हिसाले ०६२ ÷०६३ को परिवर्तन पछि मूलुक एउटा संक्रमण कालीन अवस्थामा पुगेको छ । जसले पुरान मान्यताहरुलाई भत्काइदिएको छ भने नयाँ क्रान्तिको उचाइलाई छुन सकेको छैन । फलस्वरुप हामी अहिले संक्रमण कालीन अवस्थामा प्रवेश गरेका छौं । तसर्थ, अव नेपाली समाजमा जबजका बाँकी कार्यभार शन्तिपूर्ण र बैधानीक बाटो बाट पुरा गर्न सकिन्छ । फेरी क्रान्तिको आवस्यकता पदैन । किनकि, राजनीतिक कार्यभार संविधानसभा बाट पुरा गर्न कोसिस गर्ने र अर्को तर्फ आर्थिक सामाजिक रुपान्तरणका प्रकृया अगाडी बढाउन पहल कदमी गरीने छ । आठौं महाधिवेशनले पनि यहि म्याण्डेट हामीलाई दिएको छ । त्यसैले अहिलेको नेपाली समाज हामीले भन्दै आएको अर्धऔपनिवेशिक र अर्धशामन्ती समाजबाट संक्रमण कालीन समाजका रुपमा अगाडी बढोको छ ।
ड्ड    ०६२÷६३ को जनआन्दोलन जनक्रान्ति हो कि होइन ?
 क्रान्ति सम्बन्धि पुरानो परिभाषालाई मान्ने हो भने यसलाई क्रान्ति भन्न सकिन्छ । तर, हामीले अहिले मान्दै आएको नयाँ परिभाषाका आधारमा हेर्ने हो भने यसलाई सामाजिक क्रान्तिका रुपमा मान्यता दिन सकिदैन । संविधानसभा मार्फत राजनीतिक मुद्धालाई स्थापित गराउन सकियो भने राजनीतिक क्रान्ति सम्पन्न भयो भन्न सकिन्छ । यसले सामाजिक क्रान्तिको तहमा विकास गरेको हुँदैन । सामाजिक क्रान्ति भनेको के हो भने पुरानो उत्पादन सम्धमा प्रगतिशिल रुपान्तरण भयो भने सामाजिक क्रान्ति भयो भन्न सकिन्छ । यसो नहुदै क्रान्ति सम्पन्न भयो भन्ने विश्लेषण मनोगत विश्लेषण मात्र हुन्छ । कसैले समाज अगाडी गयो भन्दैमा समाज अगाडी बढ्ने  होइन यसका लागि बस्तुगत आधार तयार हुनु पर्दछ । केही समय पहिले रुषमा एक नेताले हामी २० बर्षमा साम्यवादमा प्रबेश गर्छौ भन्ने घोषणा गरे तर समाज पूँजीवादमा प्रबेश गर्यो । नेपालमा पनि अहिले यस्तै खालको बिशलेषण हुने गरेको छ ।
नेपालका राजनीतिक दलहरु अधिकार प्राप्तीको लडाइमा सफल भएका छन् तर त्यसलाई संथागत गराउने सन्दर्भमा चुकेका छन् । यसो किन भयो भन्दा राजनीतिक परिवर्तन पछि सामाजिक आर्थिक रुपान्तरणको आधार तयार  भएन । राजनीतिक परिबर्तनलाई दिगो बनाउनका लागि आर्थिक, सामाजिक आधारहरु पनि सँग सँगै तयार हुनु पर्दो रहेछ । जबजले पनि राजनीतिक परिवर्तन सहितको आर्थिक सामाजिक क्रन्तिको आधार निर्माण गर्ने विषय नै सामाजिक क्रान्तिको विशेषता हो भन्छ । ०४६ सालको आन्दोलन पछि पाँचौ महाधिवेशनमा पनि पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो भन्ने  केही नेताहरुले बहस चलाउनु  भएको थियो । त्यती बेला मदन भण्डारीले यो मान्यता गलत हो र यसले पूँजीवादमा लैजान्छ । हामी हिड्न खोजेको सामाजिक क्रान्तिको बाटाबाट बिचल्लीत पार्दछ भन्नुभएको थियो । यसले सामाजिक आर्थिक क्रान्तिको आधार तयार गरेको छैन भनेर प्रतिवाद गर्नुभएको थियो । यध्यपी ०६२÷०६३ सालको परिवर्तन ०४७ सालको परिवर्तनको तुलनामा ठूलो परिवर्तन भएको छ । यती बेला राजतन्त्रको नै अन्त्य भएको छ र मूलुक संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । त्यसकारण यो क्रान्तिलाई स्वभाविक रुपमा त्यो दिशा तर्फ लैजान सकिन्छ र हाम्रो पार्टीको प्रयत्न पनि त्यही हुन पर्दछ । तर, अहिले नै सामाजिक आर्थिक परिवर्तन भईसक्यो भन्नु हतार हुन्छ भन्ने पार्टीको आज सम्मको मान्यता हो र यही मान्यता नै सही छ ।
ड्ड    पूँजीवादको आधारमा रहेर समाजवाद उन्मुख
अहिलेको नेपाली समाज पुरानो पूँजीवाद तर्फ होइन नयाँ पूँजीवाद तर्फ उन्मुख हो भनेर बुझ्नु पर्दछ । पुरानो पूँजीवादको विशेषता भनेको मध्यम वर्ग तिब्र गतिमा बिघटन हुन्छ । तर, हाम्रो समाजमा मध्यम वर्ग बलीयो रुपमा स्थापीत भएको छ । यसले पनि हाम्रो समाज पुरानो पुँजीवादी नभई नयाँ जनवादी पूँजीवादी दिशामा अग्रसर छ भन्ने संकेत गर्छ । सामन्तवाद कृषिमा आधारीत समाज हो भने पूँजीवाद उद्योगमा आधारीत समाज हो । यसरी हेदा ०५८ साल देखी यता हाम्रो समाज कती अगाडी बढे छ भन्ने सन्दर्भमा त्यती बेला ७८ प्रतिशत जनता कृषिमा आधारीत थिए ०६८ सालमा ६८ प्रतिशता जनता कृषिमा आधारीत छन् । यो १० बर्षमा कति परिवर्तन भएको छ भन्दा जम्मा १० प्रतिशत मानिसहरु कृषि क्षेत्रबाट गैर कृषि क्षेत्रमा स्थानान्तरण भएका रहेछन् । यही नै हो नेपाली समाजमा देखीएको १० बर्षको परिवर्तन । प्राय पूँजीवादी मूलुकहरुमा ३० प्रतिशत भन्दा कम जनशक्ति मात्र कृषि पेशामा संलग्न हुन्छन् । जबकी नेपालमा ०६८ प्रतिशत जनशक्ति कृषिमा आधारीत छ । यस्तो अवस्थामा पूँजीवाद आयो भन्ने हो भने हामीले हाम्रो समाजको प्रगती गर्न सक्छौं की सक्दैनौ? यो पनि सोच्नु पर्दछ । समाजलाई बदल्ने हो भने कृषिमा आधारीत रहेको श्रम शक्तिलाई गैर कृषिमा रुपान्तरण नगरीकन पूँजीवादी समाजमा रुपान्तरण भयो भन्ने कुरा मनोगत कुरा मात्र हुने छ । पूँजीवादी उत्पादन प्रणाली त सर्वव्यापी छ । तर हाम्रो समाज आधारभूत रुपमा पूँजीवादी समाजमा रुपान्तरित भयो भन्दा समाजमा प्रधान अन्तरबिरोध पूँजीवादी उत्पादन सम्बन्धसँग छ भन्ने निष्कर्समा पुगिन्छ । यस्तो बिस्लेषणले समाज विकासको गतिलाई नै अवरुद्ध गर्छ ।
ड्ड    कृषि क्षेत्रमा पनि ज्याला लिएको काम गर्ने जनशक्ति धेरै छ त्यसैले सबै क्षेत्रमा पुँजीवाद भित्रि सक्यो भनिन्छ नि ?
पैशाको प्रयोग हुने वित्तिकै पूँजीवादमा प्रवेश गर्यो भन्ने हो भने लिच्छवी कालमा नै मुद्रा छापीएको थियो । त्यतीवेला नेपालमा सान्तवाद भर्खर बिकसीत हुँदै थियो । मतदानलाई आधार बनाउने हो भने २६ सय बर्ष पहिले नै कपिलवस्तुको सभ्यतामा मतदानको प्रयोग भएको थियो । हाम्रो समाज युरोपको समाज विकसीत भए जस्तो प्रकृयाबाट विकासीत भएको होइन । युरोपेली ज्ञान र सिद्धान्तको अधारमा बिस्लेषण गरेर बढप्पन देखाउनका लागि त उचित होला । नेपाली समाज विकासको आफ्नो चरित्र, मूल्य, मान्यता छ भन्ने कुरा बुझ्नु जरुरी छ । युरोपेली सँस्कृती भन्दा नेपाली सँस्कृती भिन्न चरण बाट गुज्रेको छ भन्ने विषय बुझनु पर्दछ । युरोपको समाज विस्लेषणको नक्कल गरेर नेपाली समाजको सही बिस्लेषण हुन सक्दैन । युरोपमा कम्युनिष्ट पार्टी कमजोर हुँदा पनि नेपालमा कम्युनिष्ट पाटी बलीयो छ किन भने यहाँ जबज छ ।
ड्ड    जबजलाई परिमार्जन गर्न पर्छकी पर्दैन ?
जबज कार्यक्रमका रुपमा आएको थियो सिद्धान्त नबनाई सिद्धान्त भनियो भन्ने अर्थमा यसको आलोचना गर्ने काम भएको छ । यो बडो विचित्र बहस भएको छ । माकर््सको रचना लाई माकर््सवाद भन्ने सन्दर्भमा माकर््सको समाधि स्थलमा भेला भएका कम्युनिष्टहरुका बिचमा एंगेल्सले घोषणा गरे पछि माकर््सवाद भनेर व्याख्या गरियो । आज सम्म यसैलाई आधार मानेर विश्व भरका कम्युनिष्टहरुले आफ्नो घोषणपत्र बनाएका छन् । त्यस्तै, गौतम बुद्धले पनि आफ्ना चेलाहरुलाई शिक्षा दिए । त्यसैका आधारमा आज दुनियामा बौद्ध दर्शनका रुपमा दुनीयालाई स्विकार्य छ । बुद्धले दिएको शिक्षा समयक्रममा सही सावीत भए पछि त्यसैलाई दर्शनको रुपमा ब्याख्या गरियो । जबजलाई  कसैले सिद्धान्त बनाउनु पर्दैन ।  जबजले जब जीवनको जीवन्ततामा सार्थकता पाउछ तब यसले सिद्धान्तको मान्यता प्राप्त गर्दछ । हामीले हाम्रो नौ महिने सरकार सञ्चालनका क्रममा जबजको सान्दार्भिकता बिचारका रुपमा महसुस गर्यौ । र ०६२÷०६३ सालको जनआन्दोलनका क्रममा जबजले औचित्य पुष्टी गर्यो भन्ने निष्कर्षका अधारमा सिद्धान्तको रुपमा ग्रहण गर्यो ।
जबजमा नयाँ कुरा सामेल गर्न पाइन्छकी पाइदैन? गरिएको छ की छैन? भन्ने सन्दर्भमा, जबज मदनको समयमा जती थियो त्यती मै सिमित छ ? पार्टीको छैठौं राष्ट्रिय महाधिवेशनमा प्रादेशीक ....... सुधारको कार्यनीति की जबजको कार्यनीति भन्ने छलफल पछि हामीले जबजको कार्यनीति पारीत गरियो । त्यही महाधिवेशन बाट जाती, भाषा, धर्म, सँस्कृतिको कार्यनीति पारित गरेर जबजको अंग बनायौं । सातौ महाधिवेशनमा लोकतान्त्रिक सिद्धान्तको आधारमा संगठनात्मक प्रणाली व्यवस्थीत गर्नु पर्छ भन्ने सन्दर्भमा बहस भयो । आठौं महाधिवेशनमा यसको व्यवहारीक प्रयोग गरि नयाँ संगठनात्मक ढाँचामा गयौं । यी सबै बहस, छलफल र परिमार्जनले जबजलाई खोपीको देउता मात्र बनाएको कुरा मात्र हो ?  जबजलाई विकास गर्ने सन्दर्भमा विपक्षमा उभीएका साथीहरुले यसलाई संसोधन गर्नु पर्छ भन्दै हुनुहुन्छ । र, अरुले गरेको विकासलाई केही होइन भन्ने ढंगले उपेक्षा गरिरहने प्रवृत्तिमा रुमलिनु भएको छ, यो उचित होइन । जबज प्रयोग र विकासको निरन्तर श्रृंखलाबाट अगाडी बढेको छ र बढीरहने छ । जबजलाई संसोधन गर्ने कुरा दोस्रो महाधिवेशनमा रायमझीहरुले पार्टी कार्यक्रमलाई संसोधन गर्न खोजे जस्तै हो । जबजको संसोधन होइन प्रयोग र विकास हुुन्छ जुन निरन्तर अगाडी बढ्दछ ।
३) नेकपा एमालेको अबको कार्यनीती र कार्यभार के हो ?
हाम्रो पार्टीको मुख्य कार्यभार संविधानसभा बाट संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने हो । र, हाल सम्मका उपलब्धीलाई संस्थागत गर्ने हो । त्यस पछि शान्ति प्रक्रिया सँग जोडीएका बाँकी जिम्मेवरीहरु पुरा गुर्न पर्ने छ । अर्को कार्यभर राजनीतिक परिवर्तन सँग जोडीएको आर्थिक सामाजिक रुपान्तरण र विकासको  गर्नु हो । यसका साथै पार्टी बैचारिक समस्या पनि देखा परेको छ । बिचारधारा कमजोर भएको कारण पार्टी भित्र   सैद्धान्तिक अराजकता र विचलनको स्थिती देखिएको छ । यसलाई व्यवस्थीत गर्नु पर्ने हाम्रो अर्को महत्वपूर्ण कार्यभार हो । पार्टीको नीति असफल भयो भन्ने र त्यही नीति अन्तरगत क्रान्ति सफल भयो भन्ने जस्ता अराजकतावादीहरु पार्टी भित्र देखिन थालेका छन् । यस्ता कार्यले सिंगो क्रान्तिमा नै गत्यावरोध पैदा गरेको छ । जसका कारण पार्टी जीवनको विभिन्न काल खण्डमा अवसरवादी प्रवृत्ति देखा परे र सत्तामा पुग्नको लागि अपवित्र गठबन्धन गर्न पनि पुगे । जुन जबजको मान्यता अनुरुपका व्यवहार हरु थिएनन् । बिगतमा भएका यस्ता कमजोरीहरु जबजका थिएनन्, थियो त केबल नेतृत्वको कमजोरी । आँफूले गरेका गलत कामको भारी जबजलाई बोकाइदिने अर्को गलत काम कसैले गर्नु हुँदैन । यस्तो प्रवृत्तिले गर्दा जबज माथि र एमाले माथि बेला बेला प्रश्न उठाउने गरेका छन् । यो नेतृत्वको कार्यशैलीको कारणले हो, त्यसकारण नेतृत्वले आत्माआलोचना गर्नु पर्दछ । यस्तो बिरोधाबास अब फेरी पार्टी जीवन भित्र नदोहोरीयोस् भन्नका लागि बैचारिक विषयमा भएका समस्याहरुको निरुपण गर्नु हाम्रो आगामी कार्यभार हो ।
४) पार्टीको नवौं महाधिवेशनमा तपाईले पार्टीको कुन जिम्मेवारी लिने तयारी गर्नु भएको छ ।
महाधिवेशन नेतृत्वको लागि पनि हो । यसका मूलत तीन वटा कार्यभारहरु हुन्छन् । पहिलो पार्टीको नीति, दोस्रो नीति अनुसारको विधि, तेस्रो नीति र विधी अनुसारको नेतृत्व । स्वभाविक रुपमा महाधिवेशनमा नीतिगत स्पष्टता प्राप्त गर्ने कोसिस हुन्छ । सबै चिजहरुमा एउटै महाधिवेशनमा श्रेष्ठता हाँसील हुन्छ भन्ने कुरा पनि रहदैन । यो महाधिवेशनमा स्पष्टता हाँसील नभएका विषयहरुमा अर्को महाधिवेशनमा स्पष्टता प्रप्त हुन्छ । किनकी महाधिवेशन नियमीत हुँदै जान्छ । त्यसका आधारमा विधिहरु तयार हुन्छन् । विधिका आधारमा नेतृत्व चयन हुन्छ । हामीले लोकतान्त्रिक विधिहरु तयार गरिसकेका छौं ।
नेतृत्वका सन्दर्भमा कुरा गर्दा हामीले एउटै व्यक्ति कार्यकारी पदमा दुइ अवधी भन्दा बढी नरहने विधि तय गर्यौ । त्यसलाई अहिले कार्यान्वयन गर्ने चरणमा आइपुगेका छौं । यो विषयमा बिबाद शुरु भएको छ । बिगतमा महाँसचिव पार्टीको प्रमुख कार्यकारी थिएन भन्ने अपव्याख्या गर्न खोजीएको छ । बहु पदीय प्रणालीमा गए पछि जिम्मेवारी सबैमा बाँडीएको छ तर बिगतमा महाँसचिव पद एक्लै नेता हुने कार्यकारी पद थियो । यस्तो व्यख्या आफैले बनाएका नीति माथिको मजाक सिवाय केही होइन । यदि आफूले बनाएको नीति प्रति सबै जना इमानदार हुने हो भने कम्तिमा दुइ नेताहरु माधव कमरेड (तीन कार्यकाल) र झलनाथ कमरेड (दुई कार्यकाल) कार्यकारी भइसक्नु भएको हो । तसर्थ विधानको भावनालाई पालना गर्ने हो भने अबको पार्टी नेतृत्व उहाँहरु बाहेकका नेतहरु बाट चयन गरिनु पर्छ । मेरो भूमिका पर्टी नेतृत्वलाई सकेसम्म सर्वसम्मत बनाउने हुन्छ । र, यसका लागि पार्टीले जुन जिम्मेवारीमा उपयुक्त ठान्छ त्यसका लागि म तयार छु । व्यक्ति के बन्ने भन्ने विषय गौण हो मुख्य कुरा मुल नेतृत्वको र नीतिको हो ।

५) जवज नेतालाई सत्तामा पु¥याउने भ¥याङ मात्र हो भन्ने बुझाई जनतामा छ । अहिलेको सन्दर्भमा
जनतालाई प्रत्यक्ष अनुभुती हुने जवजको कार्यक्रम के हो ?

जबजलाई भर्याङ मान्ने हो भने जसले टिप्पणी गरेको छ उसैले यो भर्याङ चढेर सत्तामा उक्लेको छ । यो टिप्पणी उचित होइन । जबजको जीवन्तता एमालेले ०५१ सालको सरकार सञ्चालनका क्रममा अगाडी सारेका कार्यक्रमहरुमा देखीयो । जबजको मान्यता लोककल्याणकारी राज्य स्थापना गुर्न पनि हो । जसका लागि हामीले सामाजिक सुरक्षा भत्ताको शुरुवात गरेका थियौं । यस्ता परिवर्तनहरुलाई देख्न नसक्ने भनेको साउनमा आँखा फूटेको गोरुले सधै हरियो देख्छ भने जस्तो हो । आफूलाई मन नपरेको कारणले जबज नदेखीने र नसुनीने भयो भन्ने कुरा त्यती सोभनीय होइन । नेपाली राजनीतिमा सबै भन्दा बढी केही देखीएको छ भने जबज नै देखीएको छ । केही प्रयोग भएको छ भने जबज नै प्रयोग भएको छ । यसलाई हाम्रो पार्टीले जती प्रभावकारी ढंगले लागू गर्नु पर्ने थियो त्यसमा चुकोको कुरा साँचो हो । आगामी दिनमा जबज प्रति सकारात्मक भएर यसलाई लागू गर्ने सामाथ्र्यता विकास गर्ने हिसबले पार्टी अगाडी बढ्नु पर्दछ ।





परिवर्तित नेपाली समाजको गन्तव्य
१. यतिवेला नेकपा(एमाले)को नवौं महाधिवेशनको चर्चासंगै वैचारिक वहसको श्रृंखला सुरु भएको छ । सुरुमा नेपालीक्रान्तिको सिद्धान्त र कार्यक्रम तथा राजनीतिक कार्यदिशा र कार्यभारहरु कै वारेमा वहस गर्न खोजिएको थियो । तर अहिले त्यस सन्दर्भमा एक प्रकारको सहमती बन्दै गएको अवस्था छ । तर वैसठ्ठी त्रिसठ्ठीको राजनीतिक परिवर्तनलाई मुल्यांकनगर्ने सवालमा र नेपाली समाजको चरित्र निरुपण गर्ने सवालमा भने अझै सहमती जुट्न सकेको छैन ।
पछिल्लो राजनीतिक परिवर्तनलाई कसैले पुरानो वुर्जवा क्रान्ति पुरा भएको अर्थमा कसैले जनताको वहुदलीय जनवादी कार्यक्रमनै पुरा भएको अर्थमा चित्रण गर्न खोजिरहेको अवस्था थियो । तर अहिले त्यस सन्दर्भमा आफ्नै विशेषताभएको राजनीतिक क्रान्ति भनेर विश्लेषण गर्ने भन्ने कुरामा समेत मतैक्य कायम भएको देखिन्छ ।
जवजको कार्यक्रममा आधारित जनवादी व्यवस्थाको सुदृढिकरणको चरणबाट अघि बढ्ने कुरामा पनि एकप्रकारको सहमती बन्दै गएको अवस्था छ । तर परिवर्तित नेपाली समाजको मुल्यांकनका सन्दर्भमा भने अझै मतैक्य कायम हुन सकेको छैन । निश्चयनै नेपाली समाजमा यस बीचमा उल्लेख्य परिवर्तन आएको छ ।
तर समाजमा आएको परिवर्तन कुन स्तरको हो भन्ने कुरालाई ठिक ढंगले मुल्यांकन गर्न सक्नु पर्दछ । समाजमा आएको परिवर्तनलाई देख्न सकिएन भने त्यो अगाडीको यात्रा तयगर्ने कुरामा समस्याको विषय हुने र समाजमा आएको परिवर्तनलाई वढाईचढाई गरी राजनीतिक कार्यभार तदनुरुप तयगरियो भने त्यसले समाजलाई अन्ततः पछाडी धकल्न पुग्ने छ । उक्त यथार्थतालाई मनन गरेर नेपाली समाजका आर्थिक सामाजिक विकास र रुपान्तरणका लागि परिवर्तित नेपाली समाजको वस्तुनिष्ट मुल्यांकन गर्न सक्नु पर्दछ ।
 २. नेपालको कुल जनसंख्या २ करोड ६५ लाखमध्ये १७प्रतिशत शहरमा र ८३ प्रतिशतगाउँमा वस्दछन् । यद्यपी कतिपय गाउँहरु शहर जस्ता र कतिपय नगर पालिकाका अधिकांश भागहरु विकट ग्रामिण क्षेत्रले भरिएका छन् । पछिल्लो समयमा सरकारले ७२ वटा नगरपालिका घोषणा गरेपछि उक्त तथ्यांकमा केही अन्तर देखिने भए पनि नेपालको अधिकांश जनता ग्रामिण क्षेत्रमा नै वसोवास गरिरहेको यथार्थ हो । संचार र सडक पूर्वाधारको विकासले गाउ र शहरलाई जोड्ने काम गरिरहेको भए पनि अझै सवै क्षेत्रमा यातायातको सहज पहूँचको अवस्था छैन ।
नगरपालिकाका ग्रामिण क्षेत्रवाट वजारमा पैदल नै हिड्नु पर्ने अवस्था छ । तराई, पहाड र हिमाली क्षेत्रको भौगोलिकता र भौतिक विकासको असमान अवस्थाले जनसंख्याको वितरणमा उल्लेख्य प्रभाव परेको देखिन्छ । कुल जनसंख्याको ५० प्रतिशत तराईमा, ४३ प्रतिशत पहाडमा र ७ प्रतिशत हिमाली क्षेत्रमा वसोवास गरिरहेको अवस्था छ । कुल जसंख्याको ३५ प्रतिशत हिस्सा वालवालिकाको रहेको छ । झण्डै ८ प्रतिशत जनसंख्या ६० वर्ष माथिको रहेको छ ।
पछिल्लो जनगणणा अनुसार १९ लाखयुवाहरु वैदेशिक रोजगारीमा रहेको र त्यसले नेपाली समाजमा महिलाको जनसंख्या पुरुषको तुलनामा वढ्न गएको दखिन्छ । यसले जनसंख्याको सन्तुलनमा समेत नकारात्मक प्रभाव पार्ने अवस्था छ । यद्यपी उपरोक्त कारणले महिला घरमुलीको संख्यापनि १० वर्षमा वढेर १५ प्रतिशतवाट २६ प्रतिशतपुगेको देखिन्छ । कुल परिवार संख्याको दुई तिहाई हिस्सा अझै पनि कृषिमा संलग्न रहेको र त्यसमध्ये झण्डै ७३ प्रतिशतको मुख्य आयको श्रोत पनि कृषि नै रहेको तथ्य पछिल्लो कृषि गणनाले देखाएको छ । साक्षरता प्रतिशत वढेर यस बीचमा ६६ प्रतिशत पुगेको छ । तर महिला साक्षरता दर भने अझै ५० प्रतिशतको हाराहारीमा मात्रै रहेको छ । नेपाली समाजको ठूलो श्रमशक्तिको संलग्नता पछौटे उत्पादन प्रणालीमा आधारित छ । मुलतःआफ्नोउत्पादन र आफ्नै उपभोगकालागिहुने पछौटे उत्पादनव्यवस्था नै नेपाली समाजको प्रगतिको मुख्य चुनौती हो । यस प्रकारको स्थितिलाई उपेक्षा गरेर समाज अघि वढ्न नसक्नु आजको यथार्थ हो ।
३. अर्ध सामन्ती व्यवस्थाको प्रमुख संरक्षकका रुपमा रहेको राजतन्त्र सामाप्त भइ मुलुकमा गणतन्त्र स्थापना भएको परिप्रेक्ष्यमा निश्चयनै नेपाली समाजमा पुरानो प्रगिगामी समाज व्यवस्थाबाट नयाँ प्रगतिशील समाजव्यवस्थातर्फ रुपान्तरणको ढोकाखुलेको छ । तर राजतन्त्रको उन्मुलनले समग्रतामा समान्ती उत्पादन सम्वन्ध स्वतः विघटन भइ धरासायी भै हाल्छ भन्ने कुरा होइन । त्यसका लागि क्रान्तिकारी शक्तिको सचेतन पहलकदमीको आवश्यकता पर्दछ । जनताको वहुदलीय जनवादको कार्यक्रमले त्यस सन्दर्भमा ठोस कार्यभार तय गरेकै छ ।
राजतन्त्र विरोधी संघर्ष र राजतन्त्रको अन्त्य पछिको राजनीतिक संक्रमणको समयकै तथ्यहरुलाई विश्लेषण गर्ने हो भने पनि त्यसको मूलप्रवृत्तिलाई वुझ्न सकिन्छ । वि.सं. २०५८ को कृषि गणनामा कुल परिवार संख्याको ७६ प्रतिशत हिस्सा कृषिमा संलग्न रहेको थियो भने वि.सं. २०६८ मा त्यो अनुपात घटेर ६६ प्रतिशतमा झरेको देखिन्छ । यस हिसावले हेर्दा यस ऐतिहासिक संघर्ष र संक्रमणको तिव्रतामा कृषि क्षेत्रमा संलग्न १० प्रतिशत हिस्सा गैरकृषि क्षेत्रमा स्थानान्तरीत भएको तथ्य नै आजको यथार्थ हो । यसलाई अस्विकार गर्नु वा वढाई चढाई गर्नु दुवै हानिकारक कुरा हो ।
४. सामाजिक क्रान्ति र रुपान्तरणका सन्दर्भमा माक्र्सवादको प्रयोग गरिरहदा पछिल्लो समयमा विकास भएका ज्ञान सिद्धान्त र तात्कालिक समाजको विशिष्ठतामा आधारित भएर अघि वढ्न सक्नु पर्दछ । वर्ग संघर्षको क्रममा उत्पादनक शक्तिको विकास हुन्छ । विकसित भएको उत्पादक शक्तिले आफु अनुकुलको उत्पादन सम्वन्धको विकास गर्ने क्रममा क्रान्तिको जन्म हुन्छ । क्रान्तिकारी परिवर्तनको चरणमा प्रवेश गर्नुपूर्व संघर्ष, संझौता र रुपान्तरणको प्रकृयावाट परिस्पर विरोधी वर्गहरु गुज्रन्छन् । अनि एक भन्दा वढि उत्पादन सम्वन्धको विद्यमानता र त्यसमा अन्तरनिहित वर्गहरुका विचको एकता र संघर्षका क्रममा उत्पादक शक्तिहरुको सम्वन्ध, शोषण र उत्पीडनका तरिकाहरु र संघर्षका स्वरुपमा समेत त्यसको प्रभाव पर्दछ ।
मानव समाजको निरन्तरको विकासको महत्वपूर्ण कारण र कडी यही नै हो । तसर्थ आज भन्दा डेढसय वर्ष अघिको सामन्ती समाज वा विकास हुदै गरेको पूँजीवादी समाजका सन्दर्भमा माक्र्स र एंगेल्सहरुले सन्दर्भ वस उल्लेखगर्नु भएका तात्कालिक सन्दर्भका आम विषयलाई नै सार्वभौम सच्चाई वा सर्वकालिक महत्वको सिद्धान्त वा परिभाषाका रुपमा ग्रहण गर्नु र आजको नेपाली समाजमा त्यसलाई यान्त्रिक रुपमा तुलना गर्नु अधिभूतवादी दृष्टिकोणवाट ग्रसित हुनु हो । वर्ग संघर्षका क्रममा प्रत्येक वर्गले आफ्नो वर्चश्वका लागि वा कमजोर भएका वेलामा आफ्नो रक्षाका लागि नयाँ नयाँ उपायहरु अवलम्वन गर्ने कोशिस गर्दछ । श्रमजीवि वर्गले मात्रै होइन, शोषक वर्ग र शोषक वर्गिय सत्ताले समेत आफुलाई नयाँ स्वरुपमा प्रस्तुत गर्दै आफ्नो रक्षाको कोशिस गर्दछ । जव शोषक वर्ग र शोषक वर्गिय सत्ताले आफ्नो स्वार्थको रक्षाका लागि आफुलाई नयाँ रुपमा प्रस्तुत गर्न पुग्दछ, स्वभाविक रुपमा श्रमजीवि वर्गले पनि तदनुरुप उक्त संघर्षमा आफ्नो विजयका लागि नयाँ उपायहरु अवलम्वन गर्नुपर्ने हुन्छ ।
पूँजीवाद विरुद्धको संघर्षका क्रममा मात्र होइन र सामन्तवादका विरुद्धको संघर्षको क्रममा पनि त्यस प्रकारको प्रवृत्ति देखापर्नु स्वभाविक हो । तर पूँजीवाद माक्र्सका पालमा भन्दा फरक भएको कुरा स्विकार्न सहज तयार हुने तर सामन्ती उत्पादन सम्वन्ध भने सोही समयको जस्तै हुन्छ भनेर तर्क गर्नु वा सोही अनुसारको परिभाषाको माग गर्नु यान्त्रिकतावादको शिकार हुनु हो ।
५.यतिवेला कतिपय कमरेडहरुले विगतमा भएका भूमिसुधारका सिमित प्रयासहरुवाट नै आर्थिक रुपमा सामन्तवाद विघटन भएको विश्लेषण गर्न थाल्नु भएको छ । तर नेपालको कम्युनिष्ट आन्दोलनले त्यस समयमा भएका सुधारका प्रयासहरुका सन्दर्भमा अनेक पटक गहिरो गरी आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै आएको छ । उक्त विश्लेषणका आधारमा आन्दोलनका माध्यमवाट नयाँ सुधारको वाध्यता खडा गर्ने गरेको छ । यस सन्दर्भमा पार्टीको पाँचौ महाधिवेशनमा वर्तमान अध्यक्ष कमरेड झलनाथ खनालले प्रस्तुत गर्नु भएको कृषिक्रान्तिको कार्यक्रममा उल्लेख गरिएको छ ‘निरंकुश शासनलाई टिकाइरहने उद्येश्यले किसानहरुको सहानुभूति आफ्नो पक्षमा ल्याउन भूमिसुधार सम्वन्धी केही टुक्रे कार्यक्रम लागुगर्ने प्रयास भयो ।
जस अन्तरगत राज्य रजौटा प्रथा उन्मुलन, जागीर प्रथा उन्मुलन, नापी भएका स्थानमा तालुकदारी प्रथा तथा जमीनदारी प्रथा उन्मूलन, किपट प्रथा उन्मूलन, जग्गा नापजाँच सम्वन्धी कानुनी व्यवस्था लागुगर्ने जस्ता कदम चालिए । किसानका वास्तविक र आधारभूत समस्या समान गर्ने उद्येश्यवाट प्रेरित नभै संचालनमा भएका यस्ता कदमहरुले किसान बीचको असन्तोसलाई कम गर्न आंशिक सफलता प्राप्त गरे । उक्त कदमले किसानको आंशिक हिस्सालाई लाभ पुर्याउने काम भएपनि, स्वामीत्वको संरचना, भूमिसम्पत्तिको वितरण र वर्गीय संरचनामा आधारभूत परिवर्तन ल्याउन सक्ने स्थिति थिएन र भएन ।’ पार्टीले विगतमा आफैले निकालेका यी निष्कर्सहरुप्रतिको स्वामित्व लिन सक्नु पर्दछ । त्यसमा त्रुटी र कमजोरी रहेको भए तदनुरुप समिक्षात्मक रुपमा आफुलाई प्रस्तुत गर्न सक्नु पर्दछ । तर विगतमा यस सन्दर्भमा केही नै नभए जस्तो गरी प्रस्तुत हुने र हिजोका सारा विश्लेषण र प्रयासहरुलाई निरर्थक वनाउने काम गर्नु हुदैन । नयाँ निष्कर्समा पुग्नै पर्ने स्थितिमा पनि त्यसकै जगमा टेकेर अघि वढ्न सक्नु पर्दछ ।
६. हाम्रो देशको प्रमुख सम्पत्ति भनेको भूसम्पत्ति नै हो । औद्योगिक लगानी र शेयरवजारमा आम जनताको पँहूच र सहभागीता खासै छैन । पूँजीगत लगानीमा पनि कर्पोरेट संस्कृतिको अझै विकास हुन सकेको छैन । राज्य र जनताको मुख्य सम्पत्तिका रुपमा रहेको भूमि सम्पत्ति माथि विगतका शासक वर्गले आफ्नो हित अनुरुप अधिपत्य कामय गर्दै आए । पछिल्लो समयमा भूमिको खण्डिकरण उल्लेख्य मात्रामा भएको भए पनि भूमि व्यवस्थाको न्यायचित वितरण र वैज्ञानिक व्यवस्थापन हुन सकेको अवस्था छैन । अहिले पनि सिचाई योग्य भूमि ठुला जग्गाधनीहरुकै स्वामित्वमा छ । करिव ४ प्रतिसत व्यक्तिका हाताम कुल भूमिको २२ प्रतिसत हिस्सा रहेको छ । यो पनि वैधानिक रेकर्डमा देखाइएको अवस्था हो ।
छद्म रुपमा जमिन लुकाउने र उद्योगका नाममा जमिन राखेर कृषिकार्यका लागि प्रयोग गर्नेहरुको गणना यसमा समेटिन सक्ने कुरा नै भएन । यसरी भूमिका अन्याय पूर्ण र असमान वितरणका कारण पनि नेपालको राजनीतिक द्वन्द्वको कारण वनेको तितो यथार्थ हाम्रा सामु छ । दसवर्ष लामो सशस्त्र आन्दोलनको व्यवस्थापनका सन्दर्भमा समेत हामीले क्रान्तिकारी भूमिसुधारको आवश्यकतालाई आत्मसात गरेका छौ । अन्तरिम संविधानमा पनि त्यस विषयमा स्पष्ट उल्लेख गरिएको अवस्था छ । आफैले निर्माण गरेको सम्विधानमा उल्लेख भएको र तदनुरुप वैज्ञानिक भूमिसुधारका लागि गठन भएका आयोगहरुले समेत अपरिहार्य ठानेको भूमिसुधार आवश्यक नरहेको निष्कर्समा पार्टीलाई पुर्याउन खोज्नु वा सो विषयवाट पार्टीलाई पछि हटाउन खोज्नु कुनै पनि अर्थमा उचित कुरा होइन । त्यसमाथि भूमिसुधारका सन्दर्भमा राज्यका तर्फवाट अघि वढाउन खोजिएका प्रयास मधेसी दलका तर्फवाट भएको विरोधका कारणले असफल भएको यथार्थतालाई विर्सेर नेपालमा सामन्तवर्गको हितको प्रतिनिधित्व गर्ने राजनीतिक शक्ति नै नरहेको र सामन्ती उत्पादन सम्वन्ध नै कायम नरहेको विश्लेषण गर्नु गलत कुरा हो । यतिसम्मकी राजतन्त्रको पुनस्र्थापनको कुरा गर्ने राप्रपा नेपाललाई समेत सामन्ती अवशेषको रुपमा मात्र चित्रण गर्न खोज्नु सामुन्नेको चुनौतीवाट पन्छने कोशिस मात्र हो । यसले हाम्रो आन्दोलनको वर्ग आधारलाई कमजोर गर्ने काम मात्र गर्नेछ ।
तसर्थ एउटा क्रान्तिकारी पार्टीले समाजको अग्रगतिको वाधक शक्तिको पहिचान गर्ने र त्यसका विरुद्धको प्रहारको निसाना सोझ्याउने कुरा अनिवार्य छ । तर त्यो निशाना विकास नभइसकेको र विकास गर्नुपर्ने अवस्थामा रहेको पूँजीवादका विरुद्ध सोझ्याउने कुरा पूर्णतः गलत कुरा हो । यसले जनवादी व्यवस्थाको सुदृढीकरणका माध्यमवाट शान्तिपूर्ण रुपमा समाजवादमा रुपान्तरण हुने राजनीतिक कार्यदिशालाई दिग्भ्रमित वनाउने काम मात्र गर्नेछ ।
 ७.आर्थिक सामाजिक विकास र रुपान्तरणलाई अवको राजनीतिक कार्यदिशाको मुख्य कार्यभार वनाइरहदा हामीले नेपाली क्रान्तिको विशेषताको जगमा उभिएर नै अघि वढ्नु पर्ने हुन्छ । आम रुपमा विगतका क्रान्तिहरु एउटा वर्गका विरुद्धमा अर्को वर्गको प्रभुत्व स्थापित गर्ने प्रकृयावाट सम्पन्न भए । समान्तवादका विरुद्धको पुरानो पूँजीवादी क्रान्तिको नेतृत्व पूँजीपति वर्गले गर्यो । पूँजीवादका विरुद्धको समाजवादी क्रान्तिको नेतृत्व श्रमजीवि वर्गले गर्यो । पूँजीवादले साम्राज्यवादी चरित्र ग्रहण गरे पछौटे समाजमा विकास हुँदै गरेको पूँजीपति वर्गले सामन्तवाद विरुद्ध संघर्ष होइन, संश्रयको नीति लिए पछि त्यसमा परिवर्तन आयो । त्यसपछिको अवस्थामा समान्तवाद विरोधी संघर्षको नयाँवाटोको अवधारणा विकास भयो ।
जसमा सामन्तवाद र सामन्तवादले साम्राज्यवादसंग संश्रय गरेका कारणले उत्पन्न भएको दलाल नोकरशाही पूँजीवादका विरुद्धमा सर्वहारा वर्गको राजनीतिक नेतृत्वमा मजदुर किशान एकताका आधारमा नयाँखाले पूँजीवादी जनवादी क्रान्तिको विकास भयो र त्यस्ता क्रान्तिहरु पनि मुलतः कम्युनिष्ट पार्टीको एकल नेतृत्वमा नै सम्पन्न भए । तर हाम्रो मुलुकका सन्दर्भमा भने वैचारिक नेतृत्व जवजको रहे पनि भौतिकरुपमा उक्त राजनीतिक क्रान्तिमा वुर्जुवावर्ग प्रत्यक्ष रुपमा सहभागी रह्यो । एक हिसावले वैसठ्ठी त्रिसठ्ठीको राजनीतिक परिवर्तन संयुक्त जनआन्दोलनको कै स्वरुपमा सम्पन्न भयो । पार्टीको आठौ महाधिवेशनले सोही विशेषतालाई आत्मसात गर्दै राजनीतिक जनक्रान्तिका पाँच कार्यभार तय गरी अघि वढ्ने निर्णय गरेको थियो । आज हामीले उक्त राजनीतिक परिवर्तनको सन्दर्भमा समिक्षा गरिरहदा विगतमा हामी आफैले गरेको समिक्षाको जगमा टेकेर नै अघि वढ्नु उपयुक्त हुनेछ ।
८.विगतमा हामीले सामन्तवाद र साम्राज्यवादसंग नेपाली जनताको आधारभूत अन्तर विरोध रहेका उल्लेख गरिरहदा आन्तरिक अन्तर विरोध नै प्रधान रहेको, सामन्तवाद र दलाल नोकरशाही पूँजीवादसंगको मुख्य अन्तर विरोध रहेको निष्कर्स निकालेका थियौ । त्यसको प्रतिनिधित्व राजतन्त्रले गरिहेको हाम्रो निष्कर्स रहेको थियो । राजतन्त्र अन्त्य हुदा सामन्तवाद स्वतः विघटन भएको निष्कर्स निकाल्ने र दलालपूँजीवाद भने वलशाली भएर गयो भन्ने कुरा हाम्रो आफ्नै विश्लेषणसंग संगती खादैन । दलाल नोकरशाही पूँजीवाद कुनै स्वतन्त्र उत्पादन प्रणाली होइन । यो एक प्रकारको परजीवि उत्पादन प्रणाली हो ।
सामन्तवादसंगको संश्रय वा नवऔपनिवेशीकतामा नै यस प्रकारको परजीवि पूँजीको चरित्रको प्रकट हुने गर्दछ । राजतन्त्रको समाप्तीसंगै सामन्तवाद समाप्त भयो र नेपाल अर्धऔपनिवेशी वा नवऔपनिवेशी रहेन भन्ने विश्लेषण गरेर दलालनोकरशाही पूँजीवाद नेपाल समाजको प्रमुख चरित्र वा प्रधान अन्तरविरोधका रुपमा विकास भयो भनेर विश्लेषण गर्नु माक्र्सवादी अर्थराजनीतिक सन्दर्भमा समेत संगती राख्ने विषय होइन । दलालनोकरशाही पूँजीवादका विरुद्धको संघर्ष कि त्यो सामन्तवाद विरोधी संघर्ष कै महत्वपूर्ण कडी हो या त त्यो साम्राज्यवादी र उपनिवेशी शोषण–उत्पीडनका विरुद्धको संघर्षको कडी हो । त्यसलाई स्वतन्त्र शक्तिको रुपमा खडागर्नु र प्रहार गर्नु मुलमा प्रहार नगरी हगाविगामा प्रहार गर्न खोज्नु जस्तै हो ।
यस्ता प्रकारका विश्लेषणहरुवाट हाम्रो आन्दोलन वर्गसंघर्षको मुलवाटोवाट विचलित हुने खतरा रहन्छ । सामाजिक क्रान्तिको ऐतिहाकिस कार्यभार वोकेको र त्यसको सम्भावना सामुन्ने आएको विश्लेषण गरिरहेको पार्टीले यस्ता कुरामा ध्यान दिन सक्नु पर्दछ ।
९.निश्चय नै यतिवेला हाम्रो समाज अर्धसामन्ती अवस्थावाट तिव्र रुपान्तरणको प्रकृयामा प्रवेश गरेको छ । हाम्रो सचेतन पहलवाट त्यसलाई अझै तिव्रता दिनु आवश्यक छ । तर संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान नवनाई र वर्तमान राजनीतिक शक्ति सन्तुलनलाई तदनुरुप अनुकुल नवनाई हाम्रो हतारोले मात्र उक्त कार्यभार पुरा हुन सक्तैन । जनताको वहुदलीय जनवादको अवधारणा अनुरुपकै क्रान्ति सम्पन्न भएको स्थितिमा समेत जवजले क्रान्ति पछिको जनवादी व्यवस्थाको सुदृढिकरणको तीन चरण हुने मान्यता अघि सारेको छ ।
स्वभाविक रुपमा वैसठ्ठी त्रिसठ्ठीको राजनीतिक परिवर्तन जवजकै अवधारणा अनुरुपकै नभए पनि जवजकै राजनीतिक कार्यदिशा र सैद्धान्तिक मार्गदर्शनमा सम्पन्न आफ्नै विशेषता भएको राजनीतिक क्रान्ति भन्ने निष्कर्समा पार्टी पुगेको छ । उक्त राजनीतिक क्रान्ति पछि पार्टी सामन्ती समाजवाट पूँजीवादी समाजतर्फ संक्रमण भएको निष्कर्समा पार्टी पुगेको छ । त्यो संक्रमण अत्यन्त प्रारम्भिक अवस्थामा छ । यतिवेला पूँजीवादी समाजका अन्तरविरोधहरु शुत्रुतापूर्ण वनि नसकेको अत्यन्त प्रारिम्भिक अवस्थाको नेपाली समाज रहेको निष्कर्समा पार्टी पुगेको छ । यस प्रकारको अवस्थामा जनवादी क्रान्तिकै कार्यभारहरुले निरन्तरता पाउनु अनिवार्य छ । यस हिसावले विगतमा विश्वका विभिन्न भागमा सम्पन्न भएका क्रान्तिको तुलनामा नेपालमा सम्पन्न राजनीतिक क्रान्तिका आफ्नैखाले विशेषता रहेका छन् ।
हामीले नेपाली समाजको विकास र रुपान्तरणको अभिभारा अघि वढाइरहदा उक्त विशेषतामा आधारित भएर अघि वढ्न सक्नु पर्दछ । जनताको वहुदलीय जनवादको रक्षा, प्रयोग र विकासका सन्दर्भलाई पनि सोही मान्यताको जगमा उभिएर अघि वढाउन सक्नु पर्दछ ।
- See more at: http://www.onlinekhabar.com/2014/05/197587/#sthash.2xgEwuxS.dpuf

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्