Saturday, April 25, 2009

एमालेको स्थायी कमिटिको बैठक आज पनी बस्दै

सरकारले सेनापति माथि स्पष्टिकरण प्रक्रिया अगाडि बढाएपछि एमाले नेत्रित्वमा मतविभाजन भएको छ । तेसई कारण पटक-पटकको बैठकबाट पनि औपचारिक धारणा आउनसकेको छैन् । यसअघि हिजोको स्थायी कमिटि बैठकले अवधारणा सर्वजनिक गर्ने भनेपनि नेताहरुबिच सहमति हुन नसकेपछि बैठक आज बिहान सम्मको लागी स्थगित भएको थियो । एमाले स्थायी कमिटि बैठक विहान साढे ८ बजेबाट पार्टि कार्यलय बल्खुमा सुरु भएको छ । आजको बैठकबाट एमालेले आफ्नो धारणा तय गर्ने सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । एमालेको १० सदस्यी स्थायी कमिटिमा प्रधानसेनापतिलाई कार्वाहि प्रक्रिया अगाडि बढाउनुपर्ने र नपर्नेमा झण्डै आधा-आधाको संख्यामा मत विभाजन भएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्