Saturday, April 25, 2009

कटवाललाई कारबाही गर्न नसके सत्ताबाट पछि हत्छौ

एकीकृत नेकपा माओवादीका सचिवालय सदस्य वर्षमान पुन अनन्तले प्रधानसेनापति रुक्माङ्गत कटवाललाई कारबाही गरिछाड्ने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै कटवाललाई कारबाही गर्न नसके सरकार छाडेर संघर्षमा उत्रने चेत दिए ।'नागरिक सर्वोच्चताको विरुद्ध जाने रुक्माङ्गत कटवाललाई कारबाही गरिछाड्छौं,' पुनले भने,'उनलाई कारबाही गर्न नसके बरु सरकार छाडेर संघर्षमा जान्छौं ।' कटवालले पटक पटक नागरिक सरकारको आदेशको अवज्ञा गरेर नेपाली जनतालाई चुनौती दिएको भन्दै उनलाई बचाउन खोज्नु लोकतन्त्रकै उपहास हुने तर्क गरे । आफ्नो दल अडानबाट कुनै हालतमा पछि नहट्ने कुरा उनले बताएका छान

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्