भगवती थापा (कल्पना) काठमाडौ, प्रधानसेनापति रुक्माङ्गत कटवाललाई कार्वाहि गर्ने सरकारी निर्णयको विरोधमा सदन र सडकमा आन्दोलन जारी राख्ने निर्णय गरेको काँग्रेसले आन्दोलनका तयारीको लागि आज विभिन्न भातृ संगठनहरुसंग छलफल गर्ने भएको छ । काँग्रेसका भातृ संस्थाहरु नेपाल विद्यार्थी संघ,तरुण दल,महिला संघ लगायत संस्थाहरुसंग छलफल गर्ने जनाइएको छ । काँग्रेस केन्द्रिय समितिको बैठकले प्रधानसेनापतिको कार्वाहि सम्बन्धमा पार्टिको अडान कायम राख्दै आन्दोलन गर्ने निर्णय गरेपछि संघर्षका लागि भातृ संस्थाहरुसंग छलफल गर्न लागेको काँग्रेस प्रवक्ता अर्जुननरसिंह केसिले जानकारी दिनुभयो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्