Wednesday, April 29, 2009

रायमाझी प्रधानन्यायाधीश शिफारिस

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश मीनबहादुर रायमाझीलाइ प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको छं । संवैधानिक परिषदको बुधबार बसेको बैठकले रायमाझीलाई प्रधानन्यायधिशमा सिफारिस गरेको हो । रायमाझी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य छ जना सर्वोच्च अदालतका न्यायधिशमध्ये वरिष्ठ हुन् । माओवादी सरकारले वरिष्ठताका आधारमा उनलाई प्रधानन्यायधिश शिफारिस नगर्ने अनुमान गरिएको थियो । प्रधानमन्त्री पुष्पकलम दाहालको अध्यक्षतामा बुधबार बसेको न्यायपरिषद् बैठकले सर्वसम्मतिबाट सिफारिस गरिएको हो । यसअघि दुईपटक बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्