Monday, May 11, 2009

भारतीय उच्च दूत नेपाल पठाउन प्रधानमन्त्रिले गरेको प्रस्ताव भारतद्वारा अस्विकार

सेनापति प्रकरणमा उत्पन्न राजनीतिक संकट अन्त्यका लागि भारतीय उच्च दूत नेपाल पठाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको अनुरोध भारतले अस्वीकार गरेको खुलासा भएको छ । भारतको प्रतिष्ठित दैनिक पत्रिका द हिन्दूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले आफूले अन्तिम समयमा जरुरी सन्देश नयाँ दिल्ली पठाए पनि चुनावको कारण देखाउँदै नेपालमा उच्च प्रतिनिधि मण्डल पठाउन सम्भव नभएको राजदूत राकेश सुदले जवाफ दिएको बताउनुभएको हो ।नेपालको संकट अन्त्य गर्न दिल्लीले मौका गुमायो शिर्षकमा आजको अंकको प्रथम पृष्ठमा प्रकाशित समाचारअनुसार प्रचण्डले भारतका उक्साहटमा एमालेले अन्तिम समयमा सेनापति प्रकरणमा धारणा परिवर्तन गरेको आरोप लगाउनुभएको छ । चीनप्रति नेपालको झुकाव बढेको भारतको गलत बुझाई लिएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यही धारणाले सेनापति प्रकरणमा रङ्ग लगाएको बताउनुभएको छ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्