इरानमा दुइ दिनअघि मस्जिदमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा तीन जनालाई फासी दिइएको छ । दक्षिणपुर्वी शहर जहादेन स्थित मस्जिदमा विष्फोट गराउनेहरुलाई ती ब्यक्तिहरुले विष्फोटक पदार्थ उपलब्ध गराएको पुष्टी भएपछि उनीहरुलाई फासी दिइएको कुरा इरानी समाचार मध्यामबाट बाहिरा आएका छन । न्याय विभागका प्रमुख इब्राहिम हमिदिका अनुसार मस्जिदमा विष्फोट हुनुअघि नै उनीहरुलाई पक्राउ गरिएको थियो । विष्फोटक पदार्थ भित्र्याई विष्फोट गराउनेहरुलाई उपलब्ध गराएको स्वीकार गरेपछि ती तीन जनालाई फासी दिइएको हो । १९ जनाको ज्यान जाने गरी भएको विष्फोटमा अमेरिकाको हात रहेको आरोप इरानले लगाएको थियो । तर अमेरिकाले भने त्यसको बिरिध गर्दै आएको थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्