Tuesday, May 12, 2009

के सुन्न परेको कलियुगमा

आज राष्ट्रिय महिला आयोगले निकालेको वक्तव्य हेरेपछि बल्ल पो थाहा भयो। धादिङ जिल्ला बैरेनी बस्ने १०२ वर्षकी एक वृद्ध महिलालाई कुन चाहिँ पापीले जबर्जस्ती गरेछ। त्यसमा कसले त्यस्तो कुकर्म गर्‍यो भनेर लेखेको देखिनँ मैले। वैशाख २४ गते बिहीबार त्यस्तो घटना भएको रहेछ। वक्तव्यमा यसलाई क्रुर, अमानवीय तथा जघन्य अपराध भनिएको छ। बलात्कारको भर्त्सना गर्दै दोषीलाई कडा कारबाही र पीडित पक्षलाई क्षतिपूर्ति दिन त्यसमा माग गरिएको छ। मानव सभ्यताकै कलङ्कका रुपमा रहेको उक्त घटनाको यथाशीघ्र छानविनका लागि समेत आयोगले अपिल गरेको छ।
हैन, हामी नेपालीलाई के भएको हो यस्तो ? राजनीतिमा हेर्‍यो, एक पक्षले अर्को पक्षलाई अहिले काटौँला, अहिले मारौँला झैँ गर्ने। अर्को केही स्वतन्त्र भनाउँदाहरु चाहिँ सब नेतालाई टुँडिखेलमा लगेर ड्यामड्याम गोली हान्यो भने देश स्वर्ग बन्छ भन्ठान्ने ! मार्ने र काट्ने बाहेक ध्यानै छैन। समाज हेर्‍यो, यस्ता अपराधहरु ! के यो उचित यौन शिक्षाको अभावमा भएको जघन्य अपराध हो ? तपाईँको विचार के छ ? कृपया यो गम्भीर विषयमा चाहिँ राजनीतिक दर्शनलाई एकातिर राखेर ठण्डा दिमागले प्रतिक्रिया दिनुहुन्छ की ।

2 comments:

  1. This is really Discasting .......... yesto pani manchhe bhayera janmido rahe chha .......

    ReplyDelete
  2. yo manbrupi danablai karbahiko lagi kunai pahal bhayo ki bhayana ni?? yasto lai ta sarbaswo haran sahit janma kaid nai hunu parchha

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्