Wednesday, May 20, 2009

संसदको बैठक आजदेखि सुचारु हुने

लामो समयदेखि अवरुद्ध हुदै आएको व्यवस्थापिका संसदको बैठक आजदेखि सुचारु हुने भएको छ । एकिक्रित नेकपा माओवादिको संकल्प प्रस्ताव दर्ता गराएसंगै दलहरुबिचको सहमति अनुसार आजको बैठक सुचारु हुन लागेको हो ।सदन सुचारुसंगै एमाले नेता माधवकुमार नेपालको नेत्रित्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । आजको बैठकमा कामचलाउ सरकारका प्रधानमन्त्रि एवं माओवादि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने र सदनको कार्वाहि अगाडि बढाउने सहमति भएको सभाअध्यक्ष सुवासचन्द्र नेम्बाङले जानकारी दिनुभयो । एकिक्रित माओवादि प्रवक्ता दिनानाथ शर्माले भने संकल्प प्रस्तावमा पहिले छलफल गर्न दिने सहमति भएको जानकारी दिनुभयो । संविधानसभा व्यवस्थापिका संसदको बैठक दिउसो ३ बजेका लागि बोलाइएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्