विश्वा आर्थिक मन्दीका कारण संसारका बिभिन्न मुलुकहरुबाट कामदार कटौती गरेको अवस्था छं । रोजगारिका लागि बिभिन्न मूलुकमा गएका नेपालीहरु पनि फर्कने क्रम बढी रहेको छ । नेपालबाट बिभिन्न मूलुकमा कामको खोजिमा गएका नेपालीहरु नेपालाकै दलालहरुबाट नेपाली युवा युबतीहरुलाई बिभिन्न झुठा कागजपत्रहरु देखाउदै ठग्ने र बिदेशबाट माग भई आएको छ भन्दै रोजगारिको प्रलोभन देखाइ बिदेश पठाउने नयाँ नयाँ तरिकाहरु आपनाउदै आएका छन। यसैक्रममा केही दलालहरु अफ्गानिस्तानमा मान्छे पठाउन कृयासिल छन। अफ्गानिस्थानमा कार्यरत बिबेक केसिका अनुसार उनिहरु यहाँबाट दिल्लीको एजेन्ट लाई मान्छे दिन्छन अनी दिल्लीको एजेन्टले अफ्गानिस्तानको एजेन्टलाई मान्छे पठाउछन नेपाली दलालहरु सम्मिलित एउटा गिरोह छ जस्ले बिभिन्न कम्पनीको नाममा नक्कली कागजहरु बनाएर नेपाली कामदार माग गरेका कागजात दिल्ली को एजेन्ट हुँदै नेपाल पठाउछन। नेपालका एजेन्टहरुले भने सोही कागज देखाएर नेपाली युबा युबतीहरुलाई ठुलो रकम तलब पाउने आशा देखाउदै प्रलोभनमा पारेर कम्तिमा ३ लाख असुल्ने गरेको कुरा दलालबाट पीडित नेपाली युबा युबतिहरु बताउछन । उनिहरुका अनुसार दिल्ली आइपुगेपछी त्यहा को एजेन्टले भिसा हानी दिने र आफ्गानिस्तानको लागि टिकटको ब्यबस्था गरिदिने गर्छन्। उनिहरुले प्रती ब्यक्ती भिसा हानेर उडाइदियबापत एजेन्टले कती पाउने भन्ने हिसाब किताब मिले पछि बल्ल ति मान्छेहरु लाई अफ्गनिस्थान उडाइन्छ। सामान्यतया ३ महिन देखी १ बर्ष सम्मा दिल्ली मै रणभुल्लमा परेर बस्ने नेपालीहरुको सन्ख्या मनग्य छ। अफ्गनिस्थान पुगेपछी त्यहाको दलालले लगेर आफुहरुले भाडामा लिएको घरमा लागेर राख्छन। त्यस्तो प्रक्रियाबाता जाँदा जम्मा १५ दिनको भिशा लाग्छ जब त्यो भिशा सकिन्छ तब असली चक्करमा फस्छन नेपाली युबा युबतीहरु। त्यस पछी भिशा थप्न भनेर ५०० डलर माग्न सुरु गर्छन् दलालहरु । धेरै नेपालीहरु त त्यहा पुगुन्जेल टाट पल्टि सकेका हुन्छन। जस्ले ५०० डलर दियो त्यो डुब्यो जस्ले दिएन त्यो भोक भोकै पर्यो यस्तै कुरा सुनाउछन त्यह पुगेका नेपालीहरु । धेरै जसो तेसै अल्पत्र हुन्छन, बाहिर कतै जागिर खोज्न हिडम भने भिशा हुँदैन, पुलिस ले समाउछ । यदी भिशा छीना भने पनि हरेक पटक पुलिस को फन्दामा परेपछी कम्सेकम १० डलर नभै उम्किने सम्भाबना हुँदैन। कतीपयलाई दलालले होटेलमा लगेर राख्छन । सुरु सुरुमा त मस्त खाने बस्ने गर्छन्, जब दलाल सुटुक्क भागछन होटेलवालाले पैसा माग्न सुरु गर्छ । यदी साथमा पैसा छैन भने सिधै जेल जानु पर्छ । कती नेपाली चेलीहरु यसरीनै दलालको फन्दामा परेर होटेलमै अघोसित बेश्याब्रिती गर्न वाध्य भएका छन । तेती मात्रा कहाँ होर ? यसरी अल्पत्र बसेका नेपाली देखे भने अर्का दलाल आउछन र भन्छन यसरी अलपत्र बसेर हुँदैन म तिमीहरुलाई पाकिस्तान लगेर त्यहाको भीषा हान्दिन्छु वा भिशा सहयोग गर्छु नेपाल पठैदिन्छु भनेर अली अली भएको पैसा लिन्छन र पाकिस्तान र अफ्गानिस्थानको बोर्डरमा लगेर पुलिस को फन्दामा पार्छन । यसरी अरुबाट होइना आफ्नै नेपालीबाट पीडित छन नेपाली दाजुभाइहरु । यदी तपाईं पनि बिदेश जाने सुरमा हुनु हुन्छ भने बिचार गर्नुस् ? आफु जाने देशको बारेमा राम्रो सग बुझ्नुस् अनी बल्ला आफ्नो पाइला अघी बढाउनुस । यो ३ महिनामा कम्तिमा ५०० जना नेपाली कामदार फर्काइ सकिएको अवस्थामा कसरी त्यहा काम पाउने र नेपालीको माग आउने । यो सबै कुरा मेरो होइन अफ्गनिस्थान र पकिस्थानमा दु:ख भोगी रहेका नेपालीहरु को कथा हो यो ।
सहयोगी : बिबेक
सहयोगी : बिबेक
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्