Monday, June 22, 2009

गजल

फ्यक्छन घ्रिणा, आनन्दका धुन दिन्छु भन्नेहरु
फलाम मै सिमित रहे, सुन दिन्छु भन्नेहरु ।।

छिया छिया जिबन फात्दा खित्का छोडि हासिरहे
कसैलेनी नदिएको गुन दिन्छु भन्नेहरु ।।

बशन्तको प्रबेश न भै शिशिरमै अस्तएछन
कल्पनाको आकाशमा जुना दिन्छु भन्नेहरु ।।

गन्तब्यमा लम्किरहे, बिसौनिमा एक्लै छोडि,
छाती फोरी तिम्रै निम्ती खुन दिन्छु भन्नेहरु ।।

लम्किरहे दुर तिरै यो दुनियाँ भुल्न भनी
मन भरिको भाब सगै भुल्न दिन्छु भन्नेहरु ।।

1 comment:

  1. तिम्रो मेरो नाता गास्ने त्यों दिनको गुन हो बेईमान !
    जिब्रो ट्वाक्क बजाउने चट्टनि को नून हो बेईमान !!
    गरीबीले गर्दा हाम्रो माया अजम्बरी भएन ,
    हाम्रो नाता भाडीदिने महंगीको सुन हो बेईमान !!!
    हामी दुबै बाहुपासमा कस्किएर बसेका थियौ ,
    बादलुको घुम्टो ओडी ओझेल पर्ने जून हो बेईमान !!!!
    रिस को झोकमा त्यों दिन हमले के के गरियौ के के ,
    आत्मिएता भाड़नलाई उस्काई दिने खून हो बेईमान !!!!!
    पुर्नीमा को एक्लो रात चन्द्र ओझेल परेकई थियो ,
    त्यै बेलामा झस्काई दिने बांसुरीको धुन हो बेईमान !!!!!!

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्