Monday, August 10, 2009

माओवादीमा एक दिन प्रचण्ड र किरणमात्र हुनेछन् : खनाल

प्रकाश अर्याल, काठमाडौ, एमाले अध्यक्ष झलनाथ खनाले माओवादी भित्र रहेको उग्रवामपन्थी चरित्रमा परिवर्तन नआएसम्म राजनैतिक सहमति हुन नसक्ने बताउनुभएको छ । उहाँले माओवादीमा रहेको उग्रवामपन्थी सोचकै कारण एमालेले माओवादी सँग सहकार्य गर्न नसकेको उल्लेख गर्नुभयो । माओवादीबाट एमालेमा प्रवेश गरेका कार्यकर्ताको स्वागतगर्न आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष खनालले माओवादी भित्र रहेको उग्रवामपन्थी चरित्र कायमै रहेमा एक दिन माओवादीमा प्रचण्ड र मोहन बैद्य किरण मात्र बाकि रहने समेत स्पष्ट पार्नुभयो । कार्यक्रममा सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठले सरकारमा बसेर सुबिधा भोगि भएका नेकपा माओवादीले सरकारमा जानको लागि बार्गेनिङ गरिरहेको आरोप लगाउनुभयो । कार्यक्रम २०० जना माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्