Wednesday, August 12, 2009

सहपाठी हत्याको विरोधमा प्रदर्शन

बुढानिलकण्ठको सामुदायिक वनमा मृत अवश्थामा फेला परेकी युवती औशरा रेग्मीको हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौंको नेपाल राष्ट्रिय उच्च मावि बालाजुका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । काठमाण्डौंको जितपुर गाविस वडा नम्बर ८ घर भई बालाजुस्थित मामाको घरमा डेरा गरिबस्ने औशरा सो कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन । परिवार तथा आफन्तहरुले हत्यामा कञ्चनपुरको महेन्द्रनगर घर भई नेपाली सेनाको गोरखदल गणमा कार्यरत प्यूठ लालबहादुर कार्कीले हत्या गरेको जाहेरी दिएका छन् । औशराको शवलाई हिजो अपरान्ह सामुदायिक वनबाट पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्