Thursday, August 13, 2009

प्रचण्डको ईज्जतका लागि संयन्त्रमा बस्न तयार भएको हुँ : कोईराला

दिपेन्द्र थापा, ३० साउन, काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोईरालाले एकीकृत नेकपा ओवादीलाई सरकारमा ल्याउन आफूले उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव गरेको बताउनु भएको छ ।राजधानीमा शुरु प्रजातन्त्रवादी प्राध्यापक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा कोइरालाले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको ईज्जतका लागि आफूसमेत संयन्त्रमा बस्न तयार रहेको बताउनुभयो । ‘माओवादीलाई सरकारमा ल्याउन मैले नै उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव गरेको हुँ,’ कोइरालाले भन्नुभयो, ‘प्रचण्ड जीको इज्जतको लागि मात्रै म संयन्त्रमा बस्न तयार भएँ ।’ आफूले सहमतिको कुरा गरेपनि एकीकृत नेकपा माओवादीले त्यसलाई रणनीतिको रुपमा लिने गरेको भन्दै कोइरालाले सहमति विपरीत एकीकृत माओवादीले राष्ट्रपतिको बिषयलाई रणनीति बनाएको आरोप लगाउनुभयो । ‘हरेक कुरामा माओवादीले रणनीति देख्छ,’ सभापति कोइरालाले भन्नुभयो, ‘सेनापतिको विषयमा माओवादीले उत्पात मच्चाउन खोजेपछि राष्ट्रपतिले रोकेको कुरामा पनि उसले रणनीति नै देखेको छ । देशलाई दुर्घटनामा जानबाट रोक्न राष्टपतिले कदम चालेको उहाँको भनाइ थियो ।
दलहरुबीच पछिल्लो पटक बढेको तिक्तता छिट्टै अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्