Saturday, August 15, 2009

सरकार र नेपाल पेट्रोलियम मजदुर युनियनबीच आज वार्ता हुने

सरकार र नेपाल पेट्रोलियम मजदुर युनियनबीच आज वार्ता हुने भएको छ । पेट्रोलियम डिलर्स एशोसियसन र सरकारले आफुहरुका माग पुरा नगराएको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएपछि मजदुर,पेट्रोलियम डिलर्स एशोसियसन,श्रम तथा आपुर्ति मन्त्रालय र अर्थ मन्त्रालयका पदाधिकारीबिच वार्ता हुन लागेको हो ।
वार्ता विहान ११ बजे श्रम मन्त्रालयमा हुने तय भएको छ । एक वर्षअघि पेट्रोलियम डिलर्स एसोसिएसनसमक्ष प्रस्तुत गरेको १५ सूत्रीय माग पूरा नभएको भन्दै नेपाल पेट्रोलियम मजदुर युनियनले शनिवारदेखि उपत्यका र तराईका केही जिल्लाहरुमा पेट्रोलियम पदार्थ विक्रिवितरण बन्द गराएका थिए ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्