३२ साउन, वीरगन्ज । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १८ भेडियाहीस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत कर्मचारी, स्वास्थ्यकर्मी र प्रहरीबीच आज विहान झडप हुँदा १२ जना स्वास्थ्यकर्मीहरु घाइते भएका छन् । पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार आज बिहान नौबजे अस्पतालको बहिरङ विभागमा तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै सात राउण्ड अश्रु ग्याँससमेत प्रहार गरेको छ ।
प्रहरीको लाठिचार्जबाट घाइते हुने स्वास्थ्यकर्मीहरुमा कल्याणी घिमिरे, लोककुमारी पौडेल, सरीता अधिकारी, गीता श्रेष्ठ, जुना अधिकारी, अहमद हवारी, राजाबाबु कुशवाहा, वीरेन्द्र बैठा, व्यास महतो, रोशन महतो, राजकपुर मण्डललगायत रहेका छन् । प्रहरी र आन्दोलनरत कर्मचारीहरुबीच झडप हुने क्रम जारी रहेकोले अस्पताल क्षेत्र तनावग्रस्त रहेको छ । घाइते स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई उद्धार गरी उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पतालमा पुर्याउने कार्य जारी रहेको छ । अस्पताल व्यवस्थापन पक्षले बाहिरबाट केही युवाहरुलाई बोलाएर आन्दोलनकारीसँग झगडा गर्न लगाएको र प्रहरीले त्यही दाउँ पारेर आन्दोलनकारीलाई निर्घात कुटपिट गरेको अखिल नेपाल स्वास्थ्य श्रमिक संघ इकाईका उपाध्यक्ष जाकिउर रहमानले बताउनुभयो । आफ्ना तीनजना सहकर्मीलाई अस्पताल व्यवस्थापनले गैरकानूनी रुपमा निष्काशन गरेको विरोधमा नेशनल मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुले गत साउन १८ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्