Sunday, August 16, 2009

कुवेतमा नेपाली चेलीको बिभत्स हत्या

३२ साउन, कुबेत । करिब १ महिना पहिला घरेलु कामदारको रुपमा कुवेत आएकी एक महिलाको आफै कार्यरत घरका मालिकले हत्या गरेका छन् । नाम र स्रोत केही नखुलाइएकी ती युवतिको कुवेतस्थित उम अल-हाइमान भन्ने ठाउँमा घरेलु कामदारको रुपमा काम गर्दै आएकि थिइन । कुवेत सेक्युरिटी सोर्सको अनुसार, युवतिले आफ्नो मलिक्निले भनेको कुरा नबुझ्नाले मालिक्नी आवेशमा आई बाथरुममा बिछ्याउने टायलले टाउकोमा हिर्काउँदा उनको मृत्‍यु भएको थियो । सोर्सको अनुसार गत बुधवार राती नेपाली युवती अशक्त घाइते भएको भनी खबर पाएको र स्वास्थ्यकर्मिहरुको साथ पुलिस गई जाँच गर्दा उनको मृत्‍यु भई सकेको भनी उनको मृत शरीर बाँकी कानुनी प्रकृया पुरा गर्नको निम्ती पुलिसले लगेको जनाइएको छ । बिदेश यसै गरी थुप्रै नेपाली दीदी बहिनिले ज्यान गुमाएका छन । यो त उदहारण मात्र हो । बिदेश जाने जो कोहिले पनी आफु जाने देशको बारेमा राम्रो जाकारी राख्नुको साथै भासामा राम्रो जानकारी राख्नु आबस्यक हुन्छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्