भदौ, चितवन । मुग्लिन मलेखु सडकखण्ड अन्तरगत चितवनको कुरिनटारमा बिहान खसेको पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।अविरल वर्षापछि चितवनको दारेचोक गाविस ३ कुरिनटारमा आज बिहान पौने ८ बजे खसेको पहिरोका कारण सडक अबरुद्ध भएको हो । डाँडाबाट ठूला ढुङगासहित पहिरो खसेको हटाउन समयलाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पानी पर्नेक्रम जारी रहेको पहिरो हटाउन समस्या भएको छ । सिमलतारामा पनि पहिरो जाँदा नारायणगढ-मुग्लीङ सडक अबरुद्ध भएको छ ।सडक अवरुद्ध हुँदा सयौं यात्रु र सवारी साधन बीचबाटो मै अलपत्र परेका छन् ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्