Monday, August 17, 2009

प्रधानमन्त्री भारत जाँदै

२ भदौ, काठमाडौं । प्रधानमन्त्री माधबकुमार नेपाल ६४ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै पाँच दिने भारत भ्रमणका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँ मध्यान्ह साढे १२ बजे त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री भएपछि नेपालको यो पहिलो भारत भ्रमण हो । नेपाल र भारतबीच विभिन्न समस्या थाती रहेका बेला हुन लागेको यस भ्रमणलाई चासोका साथ हेरिएको छ । यद्यपी यो सद्भावना भ्रमण भएकोले ठोस एजेण्डा भने छैनन् । भ्रमण कुनै निश्चित विषयमा नभएर नेपाल र भारतबीचका द्विपक्षीय विषयमा केन्द्रित हुने सरकारले बताइसकेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ता शंकर पोख्रेलले सद्भावना भ्रमण भएकोले कुनै किसिमको सन्धि सम्झौता नगर्ने भने पनि व्यापार तथा पारवहन सन्धिमा भने हस्ताक्षर हुनेछ । साथै डेढ दर्जन एजेन्डामा छलफल र सैद्धान्तिक सहमति हुनेछ । भ्रमणका क्रममा जलस्रोतको विकास, सीमा व्यवस्थापन, र आपसी हितका अन्य विषयमा समेत नेपालले भारतीय समकक्षीसँग कुरा राख्नुहुनेछ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्