दीपेन्द्र थापा , काठमान्डौ , माओवादीका नेताहरुविरुद्ध पार्टीको छानबिन आयोगमा धमाधम उजुरी पर्न थालेका छन् । गत महिना सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीभित्रको अनिमितता छानबिन गर्न वरिष्ठ उपाध्यक्ष मोहन बैद्यको संयोजकत्वमा सात सदस्यीय आयोग बनाएको थियो । यसका लागि सबै जिल्लामा सर्कुलर गरिसकेको माओवादीले जनाएको छ ।
आयोगमा उजुरीको म्याद १५ भदौसम्म तोकिएको छ । आर्थिक भ्रष्टाचार गरेको, पार्टीको नाउँबाट कुनै पनि नाजायज फाइदा लिएको, आन्तरिक र बाह्य छवि धमिल्याएको र गोपनीयता भंग गरेको विषयमा उजुरी दिन सकिने छ । स्रोतका अनुसार पत्रपत्रिकामा सार्वजनिक भएका नेताका ‘आर्थिक र सांस्कृतिक विचलन’ का विषयमा बढी उजुरी परेका छन् । पार्टी केन्द्रीय सदस्यदेखि सभासद् र जनवर्गीय संगठन केन्द्रीय समितिका अध्यक्षदेखि प्रचन्ड सम्मलाइ उजुरी परेको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्