इजरायलमा वैदेशिक रोजगारका लागि लामो समयदेखि लगाइएको रोक खुलाउने विषयमा पहल गर्न श्रम तथा यातायात व्यवस्थामन्त्रि मोहम्द अफ्ताव आलम सहितको टोली आज इजरायल जादै छ । झण्डै ६ महिनादेखि नेपाली कामदार रद्ध गरेको इजरायलमा नेपाली कामदार फेरी पठाउने विषयमा पहल गर्न मन्त्रि सहितका उच्चस्तरीय अधिकारीहरु इजरयल भ्रमणमा जान लागेका हुन् । श्रममन्त्रि,वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका महानिर्देशक र वैदेशिक रोजगार विभागका प्रतिनिधि,परराष्ट्रमन्त्रालयका सचिव र वैदेशिक रोजगार व्यवसायी सहित १० जनाको टोली विहान साढे ९ बजे इजरायल जाने भएको हो । भ्रमण ७ दिनको हुनेछ । भ्रमणका क्रममा श्रममन्त्रि आलमले इजरायलका श्रममन्त्रिसंग भेटवार्ता गर्नुहुनेछ । इजरायलको भ्रमणपछि सरकारी टोली साउदि अरबमा गइ त्यहाँको श्रम अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको बताइएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्