Wednesday, September 9, 2009

प्रधानमन्त्रि आज कार्यकर्ताहरुसंगको भेटघाटमा व्यस्त रहने

प्रधानमन्त्रि माधवकुमार नेपाल आज कार्यकर्ताहरुसंगको भेटघाटमा व्यस्त रहनुहुने भएको छ । विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरुको गुनासो सुन्न प्रधानमन्त्रि नेपालले आजको समय तय गर्नु भएको प्रधानमन्त्रि निकट स्रोतले जनाएको छ । नेता तथा कायकर्ताहरुको मर्का बुझ्न हप्तामा १ दिन आजको दिन तोकिएको छ । यसपछि विभिन्न कार्यक्रमहरुमा प्रधानमन्त्रि सहभागि हुनुहुने बताइएको छ । विभिन्न ठाँउबाट आएका कार्यकर्ताहरुलाइ मन्त्रि तथा नेताहरुले समय नदिएको भन्ने गुनासो बढ्दै गएपछि प्रधानमन्त्रि नेपालले आजको दिन उनिहरुसंग छलफल गर्न तय गर्नु भएको बताइएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्