असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आज सात वटै डिभिजनका अप्रमाणित माओवादी लडाकुलाई प्रशिक्षण दिदै हुनुहुन्छ । चितवनमा आज हुने आमसभामा भाग लिन पुग्नुभएका प्रचण्डले माओवादी आन्दोलन, सेना समायोजनलगायतका बिषयमा अनमिनले अप्रमाणित लडाकुलाई प्रशिक्षण दिने बताइएको छ । प्रशिक्षणमा भाग लिन सातवटै डिभिजनका कमाण्डरहरु पनि चितवनमा छन् । अनमिनले चारहजार बढि लडाकुलाई अयोग्य ठहर गरेको छ । यसैबीच, नागरिक सर्वोच्चताको माग गर्दै आन्दोलित एकीकृत नेकपा माओवादीले आज चितवनमा अन्तिम आमसभा गर्दै छ । आमसभामा अध्यक्ष प्रचण्डसहितका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्