चोरहरु चोरे पछी कसैले देख्ला र प्रहरी लाई खबर गर्लान भनेर भाग्ने गर्दछन। तर अमेरिकाको एउटा चोर आफुले लुटेकै महिलालाई डेटिङको प्रस्ताव राख्न गए पछी पक्राउ परेका छन। आफ्ना अरु २ वटा साथी सँग पहिला लुटेकै महिला लाई तिन जना मध्येको एक जना चोर २ घण्टा पछी फर्केर बाहिर जान प्रस्ताव गरेको थियो। प्रहरीका अनुसार २० वर्षिय Stephen Bennett र अरु दुई जना साथीहरु मिलेर Columbus, Ohio मा Daniel Martinez Batista लाई लुटेका थिए। ति महिलाको अपार्टमेन्टको बाहिर कार पार्क गरीने ठाँउमा पेस्तोल देखाई Daniel Martinez Batista को पर्स लुटेर लगेका थिए। उनी लुटिएको दुई घण्टा पछी नै लुटेरा मध्येको एक Stephen Bennett फर्केर आई उनलाई बाहिर जाने प्रस्ताव गरेको थियो। त्यस पछी उनले उसलाई चिनेर तुरुन्तै प्रहरीलाई खबर गरेकि थिईन। तुरुन्तै प्रहरी आएर उसलाई प्रकाउ गरेको थियो।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्