Wednesday, September 16, 2009

प्रमुख ३ दलबिच द्विपक्षिय र त्रिपक्षिय छलफल हुने

भगवती थापा (कल्पना) , काठमान्डौ, तत्काल राजनीतिक गतिरोध अन्त्य गरी सहमतिका साथ अघि बढ्न सहमत भएका प्रमुख ३ दल आज पनि भेटघाट तथा छलफलमा व्यस्त हुने भएका छन् । एमाले महासचिव इश्वर पोखरेलले राजनीतिक जटिलता थपिदै गएको अवस्थामा दलहरुविच एकता र सहकार्य जरुरी भएकाले आज दिउसो पुन: छलफल हुने जानकारी दिनुभयो । उहाँका अनुसार आज द्विपक्षिय तथा त्रिपक्षिय छलफल हुने छ । छलफलको समय भने तय गरिएको छैन् । छलफलमा राष्ट्रपतिको कदमका विरुद्ध माओवादिले संसदमा दर्ता गराएको संकल्प प्रस्तावको अलावा सबै दललाई मान्य हुने अर्को विकल्पका बारेमा छलफल हुने महासचिव पोखरेलले जानकारी दिनुभयो । यसैगरी हिजो भएको प्रमुख ३ दल माओवादि,काँग्रेस र एमाले बिच भएको छलफलमा राजनीतिक गतितिरोध अन्त्यका लागि नयाँ विकल्पका साथ सहमतिमा पुग्न सहमत भएका थिए ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्