Wednesday, September 2, 2009

नयाँ मन्त्रीले पनि हिन्दीमै सपथ खाए

प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा नवनियुक्त दुई मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन । यसरी सपथ लिने मन्त्रीहरुमा विनाविभागिय मन्त्री लक्ष्मणलाल कर्ण र महिला बालबालिका तथा समाज कल्याण मन्त्री सर्वदेवप्रसाद ओझा रहेका छन ।कर्ण सदभावनाका तर्फबाट मन्त्री भएका हुन भने ओझा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको कोटामा मन्त्री भएका हुन । कर्णले भने हिन्दीमा सपथ लिए । कर्णले हिन्दी आफ्नो मातृभाषा भएको भन्दै विगतदेखिनै हिन्दीमा सपथ लिने गरिएकाले जुनभाषामा सपथ लिए पनि केही फरक नपर्ने प्रतिक्रिया दिएका छन ।प्रधानमन्त्री नेपालले बुधबारनै राज्यमन्त्रीहरु इन्द्रप्रसाद ढुंगेल (विज्ञान तथा प्रविधि), सञ्जयकुमार साह भौतिक (योजना तथा निर्माण), रामबच्चन ऐर (महिला तथा बालबालिका), करिमा बेगम (कृषि), शत्रुध्नप्रसाद सिंह खोरी (पर्यटन तथा नागरिक उडडन) र सरोजकुमार यादव (वाणिज्य) तथा सहायक मन्त्री हुनेमा कलावतीदेवी दुसाध (भौतिक योजना तथा निर्माण) लाई सिंहदरबारमा सपथ खुवाएका छन ।

1 comment:

  1. k garnu nepalmaa hindi moha ati 6, jabasamma pratek nepalilaai ratra ra raastriyatale dukhaudaina tabasamma yastai ho.

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्