Thursday, September 3, 2009

MTV EXIT - Live in Nepal 2009: मानव बेचबिखन विरुद्दको अभियान

भारतीय गायिका सुनिधी चौहानको साथै नेपाली प्रशिद्द गायक-गायिकाहरु निमा रुम्बा, क्रान्ती आले र नलिना चित्रकारले यही भदौ २० गते शनिबार मानव बेचबिखनका बिरुद्द कार्यक्रम प्रस्तुत गर्ने भएका छन। जावलाखेलको मैदानमा साँझ ५ बजे देखी शुरु हुने कार्यक्रम विश्व प्रसिद्ध सांगीतिक च्यानल एम।टी.भी. ले नेपालमा आयोजना गर्न लागेको हो। 'एम.टी.भी एक्जिट लाइभ नेपाल' नामक यो कार्यक्रमको सञ्चालन एम.टी.भी एक्जिट लाइभ' अभियानका लागि नेपाली सद्भावना राजदूत पनि रहेकि माल्भिका सुब्बाले गर्ने छिन। यस पछी क्रमस: धरान, पोखरा र हेटौंडामा आयोजना गरीने यस कार्यक्रममा प्रवेश नि:शुल्क हुनेछ। त्यस बाहेक कार्यक्रममा नेपालमा मानव बेचविखन विरूद्ध कार्य गरिरहेका संस्थाहरू माइती नेपाल र ए।वि।सी नेपालले उक्त साङ्गीतिक कार्यक्रमका अवसरमा मानव बेचविखन तथा सो को रोकथामका बारेमा विभिन्न जानकारीहरू प्रदान गर्ने छन। एमजा

1 comment:

आफ्नो प्रतिक्रिया दिनुहोस्