
गैर आवसीय नेपालीहरुको विश्व सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ । सम्मेलनको बिहान ९ बजे राष्ट्रपति डाक्टर रामवरण यादवले बिधिबतरुपमा उद्घाटन गर्नुभयो ।सम्मेलनमा सरकारका तर्फबाट मन्तव्य व्यक्त गर्दै हिजो मात्र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले सन् २०१० भित्र परिचय पत्र वितरण गरिसक्ने जानकारी दिनुभयो । जुनसुकै विदेशी मुद्रा ल्याएर नेपाललमा लगानी गर्न सकिने व्यवस्था गरिने र त्यसकालागि सल्लाहकार बोर्ड गठन गरिने जानकारी दिनुभयो । उहाँले दलहरुको सल्लाहमा गैर आवसिय नेपालीहरुलाई दोहोरो नागरिकता दिने विषयमा उपयुक्त निर्णय लिईने बताउनुभयो । उहाँले गैर आवासीय नेपालीहरुले अघि सारेको सामुहिक लगानीको सरकारले स्वागत गरेको बताउनुभयो ।गैर आवसीय नेपाली संघका अध्यक्ष डा उपेन्द्र महतोले व्यक्तिगत सफलता जति भएपनि देशको विकास नभए त्यो सफलताले खासै महत्व नराख्ने विचार व्यक्त गर्नुभयो । गैरआवसीय नेपाली संघको उद्देश्य विश्वभर छरिएर रहेका नेपालीहरु विचको परिचयले कमाएको बुद्धि र पैसा नेपालमा लगाउनु रहेको बताउनुभयो । सम्मेलनको बिधिबत उदघाटन नभै नेत्रित्वको बिषयमा बिभिन्न हल्ला बजारमा अएका छन् । जे होस् सम्मेलनको सफलताको कामना गर्दछौ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्