प्रकाश अर्याल, काठमाडौ, माओवादी सेनाको कैलालीस्थित सातौ डिभिजन तालबन्दका ६ जनसेनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।रक्सी खाएर हो–होल्ला गरिरहेका रणबहादुर बिष्ट, कमल बिसी, डिआर रावल, राजबहादुर बुढा, लालबहादुर कुमाल र बलबहादुर साउदलाई सशस्त्र प्रहरी बैद्यनाथ बाहिनी अत्तरीयाले नियन्त्रणमा लिएको हो।बाहिनिका अनुसार छानविन गर्दा रणबहादुर, कमल, डिआर, राजबहादुर र लालबहादुरले रक्सी सेवन गरेको मेडिकल रिपोर्टबाट प्रमाणित भएको छ ।उनीहरु कैलालीको अत्तरियाबाट रक्सी खाएर श्रीपुरको बडेहामा हल्लागरी गाउँलेलाई दुर्व्यबहार गर्दै गर्दा गाउँलेहरुको उजुरीको आधारमा नियन्त्रणमा लिएको बाहिनीले जनाएको छ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्