
एउटा पुरानो आरएक्स मोटरसाइकलको भरमा नौ जनाको परविार पाल्दै आएका मिर्चैया-९, सिराहाका रामदयाल साह, ४०, लाई केही नयाँ उद्यम गरौँ भन्ने लागिरहन्थ्यो । यही घोत्लाइमा एक दिन सडकमा गुडिरहेको टेम्पो देख्दा उनको दिमागमा एउटा जुक्ति फुर्यो । नभन्दै उनले कुनै तरहले एउटा टेम्पोका टुक्राटाक्री खोजेर मोटरसाइकल जोड्न थाले । यसक्रममा ऋणपान गरेको १३ हजार रुपियाँ सकिँदा अनौठो खाले वाहन तयार भयो । रामदयालले त्यसको नाम जुराए, वसन्ती टाँगा ।अहिले एकपटकमा छ जना मानिस र डेढ क्विन्टल सामान बोकिरहेको छ उक्त टाँगाले । पछिल्लो डब्बामा दुई चक्का भएकाले पल्टिने सम्भावना पनि कमै हुन्छ । चलाउने काइदा पनि मोटरसाइकलको भन्दा एकरत्ति फरक छैन । अहिले मिर्चैया क्षेत्रमा दुईवटा वसन्ती टाँगा कुदिरहेको देखिन्छ र यी दुवै रामदयालका हुन् । भन्छन्, "कमाइको कुरा गर्नुहुन्छ भने दैनिक १ हजारदेखि १ हजार ५ सय रुपियाँसम्म कहीँ जाँदैन ।"आफ्नै देशमा गर्यो भने के गर्न सकिदैंन र ? यसको उदाहरण हुन उनी सिक्नु पर्छ उनी बाट हामीले पनि केही कुरा ।
साभार : नेपाल
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्