Thursday, October 15, 2009

एनआरएनको अध्यक्षमा हिराचन

गैरअवासीय नेपाली संघ (एनआरएन) को महासचिवमा रतन झा निर्विरोध छानिएका छन् । झा अमेरिकामा व्यवसाय गर्छन् ।उपाध्यक्षमा भने रुसका व्यवसायी जीवा लिामिछाने, अष्ट्रेलियाका इन्द्र वन र खाडी मुलुकका सागर नेपाल प्रतिस्पर्धामा छन् । दिउँसो १ बजेसम्म उम्ेदवार दर्ताको समय थियो । केही समयमै निर्वाचन प्रकृया सुरु हुनेछ । यसअघि नै जापानका व्यवसायी देवमान हिराचन अध्यक्षमा निर्विरोध भइसकेका छन् ।६ बर्षदेखि संघको अध्यक्ष रहेका उपेन्द्र महतोले अध्यक्ष नरहने घोषणा गरेपछि तीनजना मैदानमा उत्रिएका थिए । करिब ६ महिना अघिदेखि हिराचन सहित जर्मनीका रामप्रताप थापा, अपिकी मुलुक लिसेथोमा कार्यरत भीम उदासले अध्यक्ष पदमा आपनो दाबी गर्दै आएका थिए ।ुसंस्थाको हितका लागि म र उदासजीले हिराचनजीलाई छोडिदिएका छौ,ु थापाले कान्तिपुरलाई भने- ुयसबाट देशभित्र पनि सहमतिको राजनीतिक वातावरण बन्न सकोस भन्ने सन्देश दिन खोजेका छौ ।सम्मेलन शुरु हुन एक दिन अघि राम थापाको नाममा सहमतिको प्रयास भएपनि अन्ततः हिराचन आपmनो नाममा सहमति जुटाउन सफल भए । पोखरामा जन्मेका हिराचन ३६ बर्ष अघि पढन जापान गएका थिए । शुरुमा रेडियोलोजी पढेर त्यहाको एक अस्पतालमा जागिर पनि खाएका हिराचन पछिल्लो समयमा जापान र नेपाल दुवैतिर व्यवसाय विस्तार गरिरहेका छन । जापानमा सूचना प्रविधिको क्षेत्रमा ठूलो लगानी छ भने नेपाल र जापानमा ट्राभल एजेन्सी छन ।संघमा उनको संलग्नता भने स्थापनासंगै भएको उनी बताउछन । सन् २००३ मा संघको गठन हुदा उनी केन्द्रीय कोषाध्यक्ष थिए । २००५ देखि २००७ सम्म एसिया प्यासेफिकका उपाध्यक्ष रहेका उनले दुई बर्षयता केन्द्रीय उपाध्यक्षको रुपमा काम गरे ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्