प्रकाश अर्याल, काठमाडौ, कैलालीको चुहा गाविस वडा नं। ६ गुलरामा माओवादीले गएराति किसानको दुई बिगाह खेतको धान काटेर लगेका छन् । चुहा गाविस ईन्चार्ज सन्तुराम थारु ‘पहलवान’को नेतृत्वमा गएको समुहले शंकरमान बोहरा, खेमराज पाण्डे लगायतका व्यक्तिहरुले धान काटेर लगेको स्थानीय लीलाराज खत्रीले जनाएका छन् । माओवादीसितको बिना सहमतिमा विश्वनाथ उप्रेतीबाट जग्गा किनी खेती गर्नेहरुको धान काटेर लगेको एकिकृत माओवादीको भातृ संगठन अखिल नेपाल किसान संघ २००७ का संयोजक प्रशान्तले बताउनुभएको छ ।
असारमा माओवादीले ती किसानको जग्गामा झण्डा गाडी जग्गा आफ्नो कव्जामा रहेको सार्वजनिक गरेका थिए । धान लुटेको भन्दै कुटपिट गरिरहेको अवस्थामा ७ जनालाई इलाका प्रहरी कार्यालय लम्कीले बचाउको लागी नियन्त्रणमा लिएको छ भने अन्य फरार रहेको बताइएको छ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्