Saturday, October 24, 2009

बजेट पास गर्न नया विकल्प : सञ्चारमन्त्री

भगवती थापा (कल्पना), काठमाडौ, सुचना तथा संचार मन्त्री शंकर पोख्रेलले एकीकृत माओवादीलेसदनको अबरोध नहटाए बैकल्पीक बाटोबाट बजेट पास गराउने बताउनु भएको छ । माओवादीको संसद अबरोधका कारण सरकारलाई बजेट पास गराउन अप्ठ्यारो परेको भन्दै उहाँले बजेट पास गर्नका लागि सरकारसँग संसदमा बहुमत पुर्‍याएर वा अध्यादेश मार्फत गरी दुई बिकल्प रहेको बताउनुभयो । प्रेस चौतारी दाङले आज विहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘संसदमा बहुमत पुर्‍याएर वा अध्यादेशमार्फत् बजेट पास गर्ने बिकल्पका बारे छलफल भइरहेको छ ।’माओवादीले राष्ट्रपतिको कदमको विरोध गर्दै राखेको नागरिक सर्वोच्चताको अडान सरकारलाई कुनै पनि हालतमा मान्य नहुने उहाँले बताउनु भयो । माओवादीको अडान शान्ति सम्झौता र शान्ति प्रकृया बिपरित भएको उहाँको दावी छ ।
माओवादी बिस्तृत शान्ति सम्झौता र शान्ति प्रकृयाप्रति जिम्मेवार नयाँ सहमतिका साथ अगाडी बढ्न सरकार तयार रहेको उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा मन्त्री पोख्रेलले सहमति र सहकार्यका कुरा गरीरहदा एकीकृत नेकपा माओवादीका कार्यकर्ताले बाहिर कालो झन्डा देखाएर प्रदर्शन एवं नारावाजी गरिरहेका थिए । यसअघि उहाँलाई पत्रकार सम्मेलनस्थलसम्म पुग्न नदिन माओवादीका कार्यकर्ताहरुले विभिन्न स्थानमा अवरोध गर्नुका साथै कालो भण्डा देखाएका थिए ।
मन्त्री पोख्रेल कृषि बिकास बैक लिमिटेड बैकीङ कार्यालय तुलसीपुरको उद्घाटनका लागि दाङ आउनु भएको हो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्