Saturday, October 24, 2009

शुक्रकिट तान्ने विशिष्ट शैली

चीनको सांघाईमा स्थापना गरिएको वीर्य बैंकमा रक्तदानको समयमा जसरी महिला स्वयंसेवक वा नर्सहरूले रक्तदाताको रगत लिने गर्छन् त्यसरी नै पुरुषलाई सुताएर नर्सहरूले तिनीहरूको वीर्य संकलन गर्न थालिएको छ ।
हङकङबाट प्रकाशित हुने समाचार पत्रिकाका अनुसार वीर्य दान गर्ने हरेक पुरुषलाई एकपटकमा ३० अमेरिकी डलर दिने गरिएको छ । प्रेषित फोटोमा पलङमा लाइनै सुतेका पुरुषबाट युवतीहरूले वीर्य निकाल्दै छन् ।
यद्यपि, रोन्जी अस्पतालका प्रवक्ता ली जिनले युवतीहरूले पुरुषको वीर्य संकलनमा मद्दत नगरेको दाबी गरेका छन् । उनको दाबी छ, ‘वीर्य दान गर्ने पुरुषले त्यहाँ व्यवस्था गरिएको गोप्य कोठामा गएर आफैँले वीर्य निकाल्ने गरेका छन् ।’
अनलाइनख़बर

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्