Saturday, October 24, 2009


तपाई आफुलाई मन परेको मान्छेको प्यारो बनाउन चाहानुहुन्छ? चर्चित लेखिका Leil Lowndes ले यस बारे एक किताब लेखेकि छन, "How to Make Anyone Fall in Love with You" जसमा तपाईले आफुले चाहेको व्यक्तिलाई कसरी आफु प्रती आकर्षित गर्ने भन्ने बारेमा केही टिप्सहरु दिईnus
- उसलाई आफु तर्फ आकर्षित गर्ने पहिले तरिका हो, उसको आँखामा लगातार केही समयसम्म हेरीरहनु। यो केटा र केटी दुवैको लागी लाभदायक हुन्छ किनकी दुवै चाहान्छन कि कोही आफु लाई राम्रो ठानेर हेरीरहोस र आफु प्रती उसको ध्यान आओस।
- एक साधारण मुस्कानले तपाईले भन्न नसकेको धेरै कुरा भनिदिन्छ त्यसैले उसको अगाडी पर्डा सधै सुन्दर मुस्कान दिन नबिर्सनुहोला।
- आफ्नो कपडा लगाउने स्टाईल र अन्य तरिका तर्फ ध्यान दिनुहोस जुन तरिका उसलाई मन परोस। यो गर्दा पुरुषहरु र महिला दुवैले आफुले लगाएको कपडा बढी भल्गर छैन भन्ने कुरामा विश्वस्त हुनु जरुरी छ। डेटमा जानु भन्दा पहिला राम्ररी बुझ्नुहोस कि उसलाई के मन पर्दछ र के मन पर्दैन।
- तपाईले उसलाई यस्तो पार्नुहोस कि तपाईले उसको भावनालाई राम्ररी बुझेको मात्र हैन भित्रै देखी अनुभव गरीरहनु भएको छ र उसले त्यस प्रती जस्तो प्रतिक्रिया दिन्छ त्यस्तै प्रतिक्रिया दिने प्रयास गर्नुहोस। केटाहरुको लागी: कुनै कुरामा छलफल भईरहेको बेला उसको भनाई लाई सकेसम्म अगाडी ल्याउने प्रयास गर्नुस र अरुको भन्दा बढी प्राथमिकता दिने प्रयास गर्नुहोस किनकी केटीहरु चाहान्छन कि उसको कुरा कसैले सुनोस र राम्रो मानोस।
- केटीहरुको लागी: केटाहरुको समुहमा हुँदा गरेको कुनै रमाईलो कामको लागी सबैभन्दा पहिले धन्यवाद दिने र हाँस्ने काम गर्नुस ता कि उसलाई अनुभव होस तपाईलाई उसले गरेको काम प्रती गर्व छ र तपाई त्यस कार्य देखी खुसी हुनुहुन्छ।
- उसको लागी तपाईले सकेसम्म राम्रो गर्ने प्रयास त गर्नुस नै साथै आफ्नो लागी केही गर्न चाहेको खण्डमा नरोक्नुस।
- सकेसम्म उसको नजिक रहने प्रयास गर्नुस र केही समयको लागी उ बाट टाढा जानुस। यसो गर्दा उसलाई लागोस कि तपाई सँग बिताएको क्षण निकै नै स्पेशल थियो। याद राख्नुस, यो गर्दा धेरै टाढा हैन त्यसो ठाउँमा जानुस जहाँ बाट तपाईको अनुपस्थिती बाट उसको मुहारमा कतिको बेचैनी छाउँछ मज्जाले हेर्न सकियोस।

saabhaar :www.emajja.com

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्