Saturday, October 31, 2009

कांग्रेस महासमितिको बैथक आज बाट सुरु

नेपाली कांग्रेसका महासमिति बैठक आजदेखि राजधानीमा सुरु भएको छ । कमलादीस्थित राष्ट्रिय प्रज्ञाप्रतिष्ठानमा आज बिहान सभापति गिरिजाप्रसाद कोइरालाले दिप प्रज्यवलन गरी बैठकको उद्घाटन गर्नुभएको हो।
उद्घाटनसभालाई सम्बोधन गर्दै सभापति कोइरालाले पार्टीले सभापतीय पद्धतिलाई छोड्न नहुने बताउनुभयो। उहाँले सभापतिको अधिकार कटौती नगरी अहिलेकै संरचनामा पार्टीलाई अगाडि बढाउन पार्टी सदस्यहरुबाट समर्थन पाउने विश्वाससमेत व्यक्त गर्नुभयो।
सहमति, सहकार्य र एकतामा जोड दिँदै सभापति कोइरालाले सबै दल सहमतिमा आए कुनै पनि शक्तिले नेपाललाई चलाउन नसक्ने उल्लेख गर्नुभयो। आफुले कुनै पनि हालतमा एकीकृत नेकपा माओवादीलाई सहमतिमा ल्याएरै छाड्ने प्रतिबद्धता जनाउँदै उहाँले सहमतिमा आउन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नुभयो। आज देखि तीन दिनसम्म चल्ने बैठकमा साँढे बाह्र सय महासमिति सदस्यको सहभागिता छ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्