प्रधानमन्त्री माधवकुमार नेपालले आन्दोलनका सबै कार्यक्रम त्याग्न एकीकृत नेकपा माओवादीलाई आग्रह गर्नुभएको छ ।एमाले केन्द्रीय प्राकृतिक स्रोत व्यवस्थापन विभागले काभ्रेको धुलिखेलमा आयोजना गरेको वातावरणबारे कार्याशाला गोष्ठीको आइतबार उदघाटन गर्दै प्रधानमन्त्री नेपालले आन्दोलनका कार्यक्रम छाडेर वार्तामा आउन माओवादीलाई आव्हान गर्नुभयो । उहाँले व्यवस्थापिका संसदबाट बहुमत पुर्याएर सरकार बनाउन माओवादीलाई चुनौति पनि दिनुभयो । ‘सडकमा रोइकराइ गरेर सत्ता पाइँदैन भन्दै आन्दोलनबाट भन्दा पनि सहमतिबाट मात्रै मुलुकको निकास निस्कने भएकाले सहमतिको बाटोमा आउन प्रधानमन्त्रीले माओवादीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री नेपालले माओवादीको आन्दोलनमा जनताको साथ नहुने बताउँदै सरकार पनि माओवादीसँग समर्पण नगर्ने स्पष्ट पार्नुभयो । नागरिक सर्वोच्चता र आफ्नै नेतृत्वमा संयुक्त राष्ट्रिय सरकारको माग गर्दै माओवादीले आइतबारबाट दुई हप्ते आन्दोलनको घोषणा गरेको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्