शनीबारपनि आयो कहा जाने घुम्नलाइ कता लाने हो मलाइ केहि थाहा भएन । मलाई पढाइपनि र कामपनि ले गर्दा मैले कतै घुम्ने मौका मिलेकेा थिएन । साथीहरुले थाहा पाए भने मेरो टियुसन नै बन्द हुन्छ । मनपनि त्यति साहै रमाएको थिएन । त्यैपनि बोली हालीयो भनेर म सानीआमालाइ छिटै फर्कन्छु भनि निस्के घरबाट सानीआमा कति हिडेको जाचको वेलामा पढनु पर्छ र भन्दै हुनुहूथ्यो । त्यैपनि नसुनेको झै गरि भागेँ । पुरानो बसपार्क आएको उनी आइसकेकी रहेछिन । मैले गाडी नभएर ढिला भयो भनी दुबैको सल्लाहमा चिडीयाखाना जाने निधो भयो माइक्रो बस समातेर हुइकियौ जाउलाखेलतिर । कुनै एक ठाउमा लगेर मलाइ उनीको सबै बिलेविस्तार सुनाइन । मेरोपनि सबै विस्तार गयो । यसरी नै जाउलाखेलमा घुम्दा घुम्दै उनीको कलेजको एक साथी भेट हुनुभयो । मेरोपनि परिचय भयो उहासँग । छुटिनी बेलामा जोडी खुब सुहाएको छ भनिदीनु भयो म लाजले रातोपिरो भएछु मलाइ हेर्दै मुर्छा परेर हास्न थाले । चिडीयाखानामा समय कट्दै कटेन । अब चोभार जाने कुरा भयो र हामी दुइ चोभार तिर पैदल लागीयो गफ गाफमा हराउदै चोभार पुगीएछ । त्यहाको बातवरण एकदम सुन्यतामा थियो । एक जग्गामा गएर कुरकुरे खादै थियौ । उनीले मेरो तारिफ गर्दै भनी । तिमी यो उमेरमा पनि एक जिम्मेवारी काम समालेर पढाइलाइपनि निरन्तरता दिइरहेका छौ । तिमी एक असल व्याक्ति रहेछौ र हुनेछौ पनि । म आफैलाइ विश्वास लागेन । मैले हो र भनी टारीदिएँ । मैलेपनि तिमी राम्री छौ भनी मख्ख बनाइदिएँ । यो भन्दा अगाडी म कुनै केटिसँगपनि सँगै बसेर बोलेको थिईन । मलाइ कसरी बोल्नुपर्छ भन्ने कुरा थाहै भएन । भविश्यको कुरा गर्नुपर्दा लक्ष्यबिहिन नै थियो । उनीले मलाइ कतै प्रेम छ कि भनेर सोधीन मैले छैन भनेँ र उनीकोपनि रहेनछ । उनी एकाएक प्रेम सम्बन्धको कुरा अगाडी बढाइन । मैले आजसम्म केहिलाइ मन पराएको छैन र कसैले मलाइ मनपनि पराएका छैनन् । मलाइपनि तिमी राम्री लाग्छ । तिम्रो व्यवहार तिन महिना सम्मसँगै पढीयो मैलेपनि बुझेको छु । तर यो जिवनसाथी नै हुने गरी निर्णय लिनलाइ चै सबैको सहमति चाहिन्छ । किनकी पछि धोकामा परेर म मन दुखाउन चाहान्न भने कसैलाइ प्रेममा फसाएर धोका दिन चाहान्नपनि । हुन त प्रेम गर्दैमा धोका मात्र पाइन्छ भन्ने छैन । त्यैपनि जिन्दगी लामो छ । मेरो यो कुरा स्तव्ब बनीन । जे होस उनीपनि एक शिक्षित नारी हुनाले मेरो करा सजीलै बुभ्ाुीन । यस्तै यस्तै कुराले दिन बितेछ । हामी चोभार बाट टयाक्सी चढी आफनो आफनो डेरा तिर लागियो उनीको र मेरो डेरा लगभग २० मिनटको पैदलबाटोको फरक थियो ।
क्रमश …………सुमनसुधा
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्